कक्षा १२ को परीक्षा स्थगित


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो भने स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो । कोभिडको कारणले समयमा परिक्षा हुनसकेको छैन ।


प्रकाशित : २०७८ श्रावण २३, शनिबार ०९:२८ गते

ताजा समाचार