राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म नयाँ कार्यतालिका सार्वजनिक


सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । यसअघि स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै फेरी सुरु हुने भएको हो । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक देखी सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण स्थगन गरिएको थियो । यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औँ शृङ्खला हो । यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।


प्रकाशित : २०७८ भाद्र २३, बुधबार ०९:१८ गते

ताजा समाचार