काठमाडौं। साहस उर्जा लिमिटेडले परियोजना प्रभावितका लागि साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयर साउन २९ गतेदेखि जारी गर्ने भएको हो। इच्छुकले भदौ ११ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ।
कम्पनीले सोलुखुम्बुमा परियोजना विकास गरिरहेको छ। कम्पनीले प्रभावितलाई ३५ लाख कित्ता सेयर दिन लागेको हो। इच्छुकले कम्तिमा १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीले ८६ मेगावाटको परियोजना बनाइरहेको छ। प्रति मेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ छ। तुलनात्मक रुपमा यो परियोजना सस्तोमै निर्माण हुन लागेको छ।
रन अफ रिभर प्रकृतिको परियोजनाको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ। प्रभावितपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ।