माओको पढ्नै पर्ने लेखः सही विचार कहाँबाट आँउछ ?


मानिसका सही विचार कहाँबाट आँउछन् ?के ती आकाशबाट खस्छन् ? अहँ । के ती मगजमा सहजै उब्जन्छन् ? अहँ । ती त सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसमका सामाजिक व्यवहारबाट वा भनूँ उत्पादनको निम्ति सङ्घर्ष,वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।

मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एकचोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सहि विचारहरुलाई जनसमुहले बुझिसकेपछि ती विचारहरु भौतिक शक्तिमा फेरीन जान्छन् , जसले समाजलाई फेर्छ र संसारैलाई फेर्छ ।

मानिसहरु आफ्नो सामाजिक व्यवहार विभीन्न किसमका सङ्घर्षमा लाग्छन् र सफलता र असफलता दुवैबाट थुप्रै अनुभव बटुल्दछन् । वस्तुगत वाहिरी संसारका अनगिन्ती दृश्य मानिसको मगजमा उसका पाँच ज्ञानेन्द्रीयहरुवाट देख्ने सुन्ने , चाख्ने र छुने इन्द्रियहरुवाट प्रतिबिम्बित हुन्छन् । पहिले त्रान इन्द्रिय ग्राह्य ज्ञान प्रशस्त जम्मा भएपछि त्यसले फट्को मार्छ अनि धारणात्मक ज्ञान अर्थात विचार बन्दछ । ज्ञान प्राप्तिको एउटा क्रम हो । ज्ञान प्राप्तिको सम्पूर्ण क्रमको यो पहिलो चरण हो , वस्तुगत पदार्थवाट मनोगत चेतनामा लैजाने चरणहो । कसैका चेतना वा विचारहरु –सिद्धान्तहरु,नीतिहरु,योजनाहरु वा उपायाहरु समेत) सही रुपले वस्तुगत वाह्य संसारका नियमहरुलाई प्रतिबिम्बित गर्छन् कि गर्दैनन् भन्ने कुरा यस चरणमा अझै प्रमाणित भइसकेको हुँदैन । यस चरणमा ती कुरा सही छन् कि छैनन् भनि ठोकुवा गर्नु अझै सम्भब हुँदैन । त्यसपछि ज्ञान प्राप्तिको क्रममा दोस्रो चरण आउँछ । यो चेतनाबाट पदार्थमा फर्काउने चरण हो , विचारबाट अस्तित्वमा लैजाने चरण हो , जसमा पहिलो चरणमा बटुलिएको ज्ञानलाई सिद्धान्तहरु , नीतिहरु, योजनाहरु वा उपायाहरुले आशा गरिएअनुसारका सफलता पाउँछन् कि पाउँदैनन् भन्ने ठोकुवा गर्न सामाजिक कार्यमा प्रयोग गरीन्छ । सामान्य रुपमा सफल भएका चाँहि सही हुन्छन् र विफल भएका सहि हुँदैनन्् र विशेष गरी प्रकृतिसित हुने मानिसको सङघर्षमा यो कुरा साँचो हो । सामाजिक सङ्घर्षमा प्रगतिशील वर्गलाई प्रतिनिधित्व गर्ने शक्तिहरु कहिलेकाहीँ अनीहरुका विचारहरु सही नभएको होइन की सङ्घर्षमा लागेका शक्तिहरुको सन्तुलनमा केहि समयका निम्ति प्रतिक्रियाका शक्तिहरु सरह उनिहरु शक्तिसाली नभएकाले हार खान्छन् , त्यसैले उनिहरु अस्थायी रुपले पराजित हुन्छन् तर चाँडो वा ढिलो उनिहरुले विजय पाउँनु अवश्यम्भावि छ । मानिसको ज्ञानले व्यवहारको कसीद्धारा अर्को फट्को मार्छ । यो फट्को अघिल्लो भन्दा बढि महत्वपुर्ण हुन्छ । किन भने यहि एकमात्र फट्को हो , जस्ले ज्ञान प्राप्तिमा पहिलो फट्कोको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ । सत्यलाई जाँच्ने अर्को कुनै बाटै छैन । अझ बडि विश्वलाई बुझ्नुका पछाडी सर्वहारावर्गको एकमात्र उद्देश्य यसलाई फेर्नु हो ।

प्राय पदार्थबाट चेतनामा लग्ने र फेरी पदार्थमा फर्काउने अर्थात व्यवहारबाट ज्ञानमा लग्ने र फेरी व्यवहारमा फर्काउने बारम्बारका अनेकौँ क्रमपछि मात्र सहि ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धी माक्र्सवादी सिद्धान्त ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो छ ।

म्रा कमरेडहरुमा ज्ञानको यस सिद्धान्तलाई अझै नबुझ्नेहरु निकैजना छन् । उनिहरुमा विचार,नीति,पद्धति, योजना,निस्कर्ष, राम्रा भाषण र लामा लेखहरुको मुहान खोज्दा ति जिल्लपर्छन् र यस प्रश्नको उत्तर दिन सक्तैनन् । नत उनिहरु पदार्थ चेतनामा र चेतना पदार्थमा परिवर्तित हुन सक्छ भन्ने कुरा नै बुझ्छन , यद्यपि यस्ता फटकोहरु दैनिक जिवनकै घटनाहरु हुन्छन् । त्यसकारण हाम्रा कमरेडहरुलाई ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा शिक्षित पार्नु आवश्यक छ । जसवाट तिनले चिनलाई महान् र शक्तिशाली समाजवादी देश बनाउन संसारभरीका उत्पीडित शोषित व्यापक जनसमुहलाई सहयोग गर्ने हाम्रो अन्तर्राष्टियवादी कर्तव्यको पूर्तिका लागी आफ्नो विचारलाई सहि दिशातिर लगाउन सक्छन् । जाँचबुझ र अध्ययन् तथा अनुभवको सार झिक्नमा सिपालु हुन सक्छन् , अप्ठ्याराहरुलाई जित्न सक्छन् गल्तिहरु कम गर्न सक्छन् आफ्नो काम झन राम्ररी गर्न सक्छन् र कडा संघर्ष गर्न सक्छन् ।


प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार ०३:०७ गते

ताजा समाचार