सीएनएन । जब विश्वका धेरै देशमा रुसको स्पुतनिक भी खोप झर्नेछ त्यतिबेला करोडौँ डोज ‘मेड इन चाइना’ लेखिएको लेबलसहित आउनेछ । चिनियाँ कम्पनीहरूले २६ करोड डोजभन्दा धेरै स्पुतनिक खोप उत्पादन गर्ने सम्झौता गत महिना गरिसकेका छन्,यी खोपहरूले ६० भन्दा धेरै देशमा प्रयोगको अनुमति पाइसकेका छन् । मेक्सिको,भारत र अर्जेन्टिनाजस्ता विकासशील देशहरू यस सूचीमा छन् ।
रुस र चीनको अन्तर्राष्ट्रिय खोप लक्ष्य कसरी एकीकृत हुँदैछ छ भन्ने सङ्केत यी सम्झौताले गर्छ । परम्परागत पश्चिमा साझेदारहरूले खोप ओगटेर विकासशील देशलाई बेस्ताव गरिरहेका बेला चीन र रुसले सहयोग गरिरहेका छन् ।
डुक विश्वविद्यालयको अनुसन्धानले देखाएअनुसार क्यानडा,बेलायत र न्युजिल्यान्डजस्ता देशले आफ्नो सम्पूर्ण जनसङ्ख्यालाई तीन पटकभन्दा धेरै लगाउन मिल्नेगरी खोप बटुलेका छन् भने अधिकांश देशले आफ्नो आधा जनसङ्ख्याका लागि पनि मुस्किलले खोपको जोहो गरेका छन्,कोरोनाले अति प्रभावित देश पनि यो सूचीमा छन् ।
चीन–रुस सम्बन्धका विज्ञ तथा पूर्वअस्टे«लियाली कूटनीतिज्ञ बोबो लोका अनुसार मस्को र बेइजिङ दुवैले महामारीमा भूराजनीतिक लाभ लिने अवसर देखेका छन् । ‘पश्चिमाहरू स्वार्थी भइरहेका छन् र विकासशील देशमा खोपको वितरणलाई सीमित गर्दैछन् भनेर औँल्याउनका लागि यो उनीहरूको प्रयोगमा आउनसक्छ,’ उनले भने, ‘मस्को र बेइजिङ दुवैका लागि यो उपयोगी न्यारेटिभ हो ।’
भर्जिनिया कमनवेल्थ विश्वविद्यालयका राजनीतिक शास्त्रका प्रोफेसर जुडयथ ट्विगका अनुसार मस्को र बेइजिङको खोप सहकार्यको अँध्येरो पक्ष पनि छ,पछिल्ला महिना रुसको गलत सूचना फैलाउने संयन्त्रले फाइज र एस्ट्रेजेनेकाले बनाएका बेलायती र अमेरिकी खोपको विश्वसनियतालाई अवमूल्यन गर्ने प्रयास गरेको छ । चीनका सरकारी सञ्चारमाध्यमले पनि अमेरिकी र युरोपमा बनेका खोप लगाएपछि भएका मृत्युका घटनाको प्रचार गरिरहेको छ ।
पूर्वकूटनीतिज्ञ लोका अनुसार रुस र चीनको दुवै अमेरिकी नेतृत्वको विश्व व्यवस्थामाथि प्रश्न उठाउने स्वार्थ छ । विशेषगरी बेइजिङ आफ्नै प्रतिष्ठा बनाउन र आफूलाई विश्वको नेताका रूपमा प्रवद्र्धन गर्न चाहन्छ ।
‘चीनले भनिरहेको छ,हामी तिमीहरूलाई बुझ्छौँ । हामी पश्चिमाजस्तो साम्राज्यवादी शक्ति होइनौँ,यहाँ केवल सहयोगका लागि आएका छौँ ।’
अगस्ट २०२० मा कोरोनाविरुद्धको खोप ल्याएको घोषणा गर्ने रुस पहिलो देश थियो । सन् १९५७ मा लन्च गरिएको पहिलो अन्तरिक्षयानको नामबाटै उसले यो खोपको नाम स्पुतनिक भी जुराएको थियो । सुरुवातमा यस खोपको प्रभावकारितालाई लिएर केही दुविधा देखिए पनि लान्सेन्टमा गत फेब्रुअरीमा प्रकाशित अध्ययनले त्यसको खण्डन ग¥यो । यस अध्ययनले यो खोपको प्रारम्भिक नतिजा ९१ दशमलव ६ प्रतिशत प्रभावकारी छ भन्ने देखायो ।
अहिले करोडौँ डोज स्पुतनिक भीसँगै चीनको सिनोभ्याक र सिनोफार्म खोप विश्वभर जाँदैछ,भलै अहिलेसम्म विश्व स्वास्थ सङ्गठनको कोभ्यास इनिसियटिभमा सिनोफार्मलाई मात्रै स्वीकार गरिएको छ ।
स्पुतनिक र सिनोभ्याकले अहिलेसम्म डब्ल्यूएचओबाट स्वीकृति पाएका छैनन् ।
परम्परागत रूपमा अमेरिकी प्रभुत्व रहेको ल्याटिन अमेरिका क्षेत्रमा अर्जेन्टिना र चिलीजस्ता देशले खोपको अभाव पूर्ति गर्न ठूलो सङ्ख्यामा रुसी र चिनियाँ खोप किन्दैछन् । डुक विश्वविद्यालयको तथ्याङ्कअनुसार अर्जेन्टिनाले ३ करोड रुसी स्पुतनिक खोप र ४० लाख डोज चिनियाँ सिनोफार्म खोपका लागि अर्डर दिइसकेको छ ।
अहिलेसम्म अर्जेन्टिनाले अमेरिकाको फाइजर खोपका लागि कुनै सम्झौता गरेको छैन,यद्यपि उसले २ करोड ३० लाख एस्ट्राजेनेका खोप मगाएको छ ।
दक्षिणपूर्वी एसियास्थित अमेरिकाको लामो समयदेखिको गठबन्धन देश इन्डोनेसिया चीनतर्फ फर्किएको छ,सरकारी अन्तारा न्युज एजेन्सीका अनुसार भारतमा महामारी फैलिएपछि एस्ट्रेजेनेकाका लागि गरिएको अर्डरमा एक वर्ष ढिलाई हुँदा उसले चीनबाट सिनोभ्याकको थप डोज मगाएको छ । आजको मितिसम्म इन्डोनेसियाले सबैभन्दा धेरै सिनोभ्याक खोप किनेको छ,उसले कम्तीमा १२ करोड ५० लाख सिनोभ्याक खोप किनेको डुक विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । सिनोभ्याकको दोस्रो ठूलो खरिदकर्ता टर्की हो । जो अमेरिकी विदेश मन्त्रालयका अनुसार उसकोे ‘संवदनशील क्षेत्रीय साझेदार’ हो । टर्कीले १० करोडभन्दा धेरै चिनियाँ खोप किनिसकेको छ,उसले गत जनवरीमै पहिलो डोज लगाउन सुरु गरेको थियो । जबकि यहाँ अमेरिकी फाइजर खोप पुग्न थप चार महिना लाग्यो । टर्कीले सिनोभ्याकको लाखौँ डोज खोप लिबियामा पनि पठाएको छ ।
रुसको आरडीआईएफ सोभर्जियन वेल्थ फन्डले फेब्रुअरीमा २ अर्ब ५० लाख डोजभन्दा धेरै स्पुतनिक भी खोपका लागि आग्रह आएको दाबी गरेको थियो । त्यही समय सिनोफार्मले ५० करोड डोजभन्दा धेरै खोपका लागि अर्डर आइसकेको जनाएको थियो । रोयटर्सका अनुसार ४५ करोड डोज सिनोभ्याकका लागि मागदाबी आएको थियो र चीनले यस खोपको तीव्र उत्पादनका लागि विभिन्न १० वटा देशलाई प्रविधि हस्तान्तरण गर्ने योजना बनाइरहेको थियो ।
रुस र चीनको खोप आपूर्ति अनुदानभन्दा पनि बिक्रीमा छ । थिङ्क ग्लोबल हेल्थको अध्ययनले देखाएअनुसार बेइजिङले अनुदानमा खोप पठाएका ६५ देशमध्ये ६३ वटा देश सी जिनपिङको सिग्नेचर अभयिान बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० का हिस्सेदार हुन् । चीनले आफ्नो खोप मात्रै उत्पादन गरिरहेको छैन,रुसलाई पनि खोप उत्पादनमा सघाइरहेको छ । स्पुतनिक भी खोपको कुल २६ करोड डोज उत्पादनका लागि तीनवटा चिनियाँ निजी कम्पनीहरूले १९ अप्रिलसम्म रुसको आरडीआईएफसँग सम्झौता गरेका छन् । जसअन्तर्गत सेन्जेन युआन्सिङ जेने टेक कोले ६ करोड,टपराइज फर्माले १० करोड र हुवालन बायोलोजिकल ब्याक्टेरिन इन्कले १० करोड खोप उत्पादन गर्दैछन् ।
रुसको उत्पादन क्षमता कमजोर भएकाले यस्तो सम्झौता गरिएको छ । गत जनवरीमा खोप आउने प्रतीक्षा गरिरहेका देशहरूलाई आरडीआईएफले तीन सातासम्म ढिलाइ हुनसक्ने जानकारी दिएको थियो ।
चीनमा कोभिड महामारी झन्डै पूर्ण नियन्त्रणमा आइसकेको छ र उसले आफ्नो उत्पादन क्षमतामा पनि ठूलो सुधार गरेको छ,त्यसैकारण उसले रुसलगायत अन्य देशको खोप पनि उत्पादन गर्ने क्षमता राख्छ ।
गत मार्चमा सिनोफार्मले बर्सेनि ३ अर्ब डोज उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो,जसअनुसार यो कम्पनी विश्वकै सबैभन्दा ठूलो कोरोना भाइरस खोप उत्पादक हुनेछ । सिनोभ्याकले आफ्नो वार्षिक क्षमता २ अर्ब पु¥याउनेगरी बढाउने लक्ष्य राखेको जनाएको थियो । यता रुसले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग गरिएको सहमतिअनुसार आफ्नो लक्ष्य बमोजिम खोप उत्पादन गर्न सकिरहेको छैन । अप्रिलमा आरडीआईएफले १० देशका २० वटा निर्माता कम्पनीहरूले खोपको डोज उत्पादन गर्ने जनाएको थियो ।
नसोचिएको साझेदारी
ठूलो एसियाली देश र कम्युनिस्ट शासनको लामो इतिहास हुनका बाबजुद रुस र चीनबीच अघिल्लो शताब्दीमा उतार–चढावपूर्ण सम्बन्ध रह्यो । त्यहाँ सीमायुद्ध,राजनीतिक बन्दी र जोसेफ स्टालिन र चीनका माओ त्से तुङबीचको लामो समय चलेको चिसो सम्बन्ध थियो ।
तर पछिल्ला वर्ष सी जिनपिङ र भ्लादिमिर पुटिनको नेतृत्वमा दुई देशबीच आपसी भूराजनीतिक स्वार्थलाई ध्यानमा राख्दै निकट सम्बन्ध जोडिएको छ ।
२०१९ मा बेइजिङ र वासिङ्टनबीचको व्यापार तनाव बढेका बेला सीले पुटिनलाई आफ्नो ‘बेस्ट र निकट साथी’ भनेका थिए । त्यस्तै पुटिनले दुई देशबीचको सम्बन्ध नसोचेको स्तरमा रहेको बताएका थिए ।
यो सम्बन्धलाई कोभिड १९ महामारले थप निकट बनाएको छ । अप्रिल २०२० मा चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले दुई देशले साझा शत्रुविरुद्ध हातमा हात मिलाएर लड्ने बताएका थिए । ‘जसरी हामी दोस्रो विश्वयुद्धमा लडेका थियौँ,’ उनले भने ।
यो सहकार्यले केही पश्चिमा नेताहरूलाई भने चिन्तित बनाएको छ । २५ मार्चमा फ्रान्सेली राष्ट्रपति इम्मानुयल माक्रोनले रुस र चीनले विकासशील देशमा प्रभुत्व बढाउनका लागि रुस र चीलने आफ्नो खोप प्रयोग गर्नसक्ने चेतावनी दिएका थिए । काउन्स्लि फर फरेन रिलेसन्सको ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमस बोल्लिकी धेरै विकासशील देशहरू खोपका लागि चिन्तित रहेको बताउँछन् । चीन र रुसको प्रभुत्व बढ्ने विषयमा अमेरिकाको केही चिन्ता भए पनि अन्त्यमा ‘विश्वलाई धेरै खोप आवश्यक पर्ने’ उनले बताए । ‘चीन र रुसको खोपप्रति मेरो एउटै चिन्ता भनेको उनीहरूले अझै पनि खोपको सुरक्षा र प्रभावकारिता मापन गर्ने प्रारम्भिक क्लिनिकल ट्रायल सार्वजनिक गरेका छैनन् भन्ने मात्र हो,’ उनले भने ।
खोप कूटनीति
खोप कूटनीतिमा लागेको आरोपलाई चीन र रुस दुवैले खण्डन गरेका छन् । रुसी विदेशमन्त्री सर्जेई लाभरोभसँगको बैठकमा कुराकानी गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले २३ मार्चमा भनेका थिए, ‘दुवै देश मानवीय कार्यमा आबद्ध छन् ।’
उनले भनेका थिए, ‘केही देशहरूले आफ्नो स्वार्थमा खोप आगटेर राखे पनि हामी धेरै मानिसहरूले खोप लगाएको हेर्न चाहन्छौँ । हाम्रो आशा विश्वले चाँडोभन्दा चाँडो महामारी जितोस् भन्ने हो । चीन र रुसका लागि हाम्रो चाहना हामीले मात्रै फाइदा लिऊँ भन्ने होइन,बरु सारा संसारलाई सहयोग गर्ने हो ।’
भर्जिनिया कमनवेल्थ विश्वविद्यालयका ट्विगका अनुसार पश्चिमा विश्वले भेट्नुअघि विकासशील देशमा खोप पु¥याउन थोरै मात्र अवधि छ भन्ने चीन र रुसलाई थाहा थियो । रुसलाई विकासशील देशहरूमा स्पुतनिक खोपको तीव्र वितरण गर्नका लागि के कुराले प्रेरित गरिरहेको छ भनेर पश्चिमा देशका नेताहरूले प्रश्न उठाउन थालिसकेका छन् । ‘आफ्नै देशको पर्याप्त जनसङ्ख्यालाई खोप लगाउन नसकेको रुसले किन दशौँ लाख डोज अन्य देशलाई अफर गरिरहेको छ ?’ युरोपेली कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले गत फेब्रुअरीमा भनेका थिए, ‘यो त्यस्तो प्रश्न हो जसको जवाफ आउनुपर्छ ।’
अहिलेसम्म रुसको केवल ५ दशलमव ९ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण खोप लगाएको छ । चीनले मे ७ सम्म ३ करोड डोजभन्दा धेरै खोप लगाइएको जनाएको छ तर कति प्रतिशले पहिलो र कतिले दोस्रो डोज लगाए भनेर खुलाएको छैन ।
रुस र चीनले विकासशील देशमा खोप लगाउने काम चाँडो गरे पनि उनीहरूलाई यस प्रयासबाट दीर्घकालीन राजनीतिक लाभ मिल्नेमा केही विज्ञहरूलाई शङ्का छ । ट्विगका अनुसार विश्वव्यापी वितरण भर्खरै सुरु भएको छ र कोरोना खोपमो पेटेन्ट कानुन (सम्बन्धित कम्पनीसँग मात्रै अधिकार रहने कानुन) लगाउन नहुने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावजस्ता विषयले खोपको अहिलेका धरातललाई परिवर्तन गरिदिनसक्छ । महामारीको अन्त्यसम्ममा एउटै देशका नागरिकले फरक फरक देशमा बनेका फरक खोप लगाउने सम्भावना ट्विग देख्छिन् । ‘एक,दुई वा तीन वर्षमा,चीन वा रुस पहिले पुगेका ठाउँमा उनीहरूलाई मानिसहरूले सम्झिरहनेछन् भन्ने मलाई लाग्दैन,’ उनले भनिन् ।