कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ । सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।
प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार ०१:१५ गते