देशमा थुप्रै परिवर्तन भए । जहानीय राणा शासन फालियो । राजनीतिक आन्दोलनकै बलमा २०४६ सालमा निरंकुश पञ्चायत ढालेर बहुदलीय व्यवस्थाको स्थापना गरिएको थियो । माओवादीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध र २०६२– ०६३ को जनआन्दोलनको बलले २४० वर्षे शासन गर्दै आएको राजतन्त्र पनि ढल्यो र त्यसको स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर यतिधेरै राजनीतिक परिवर्तन हुँदा पनि पिँधका जनताको जिन्दगी फेरिएन । आम नागरिकको दुख मेटिएन । जनताको अर्थतन्त्र उठाउने विधि नेपाली राजनीतिले खोज्न सकेन या त्यसका रुची देखाएन ।
परिवर्तनका लागि सधै जनता राजनीति नै कुरेर बस्न सक्दैनन् । आफ्नो प्रयासबाट जिन्दगी फेर्ने विधिहरु खोजि गर्न उनीहरुलाई कसैले रोक्न सक्दैनन् । यस्तै पुरानो राजनीति र पार्टीहरुको बाटो हेर्न छाडेर पिँधका जनताको जिन्दगी फेर्ने बाटो बनाउँदै हिड्ने राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानका संयोजक सुदर्शन विक्रम कार्कीसँग गरिएको समृद्धि बहसको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
पैसा कमानउे थुप्रै विकल्प हुँदाहुँदै के उद्देश्यले राष्ट्रिय अर्थतन्त्र निर्माण अभियानको सुरुवात गर्नुभयो ?
नेपालमा धेरै राजनीतिक परिवर्तनहरु भए । २०४६ यताका परिवर्तनहरुमा हामी पनि लगभग सहभागी भयौं । २००७ सालदेखि यता मात्रै हिसाब गर्दा पनि तीन पुस्ता पेन्डिङ भइसक्यो । विशेषगरी २०६३ को राजनीतिकपरिवर्तन पछि जनताले समृद्धिको अपेक्षा गरेका थिए । तर त्यो राजनीतिले दिन सकेन । त्यसपछि जनता आफैले समृद्धिको विकल्प खोज्न थाले । वैकल्पिक राजनीति शक्ति निर्माणको प्रयास पनि यसबीचमा नभएका होइनन, डा.बाबुराम भट्टराईले नयाँ शक्ति नै बनाउनुभयो तर ती प्रयासहरु पनि सफल भएनन । रविन्द्र मित्रहरुले गरेको प्रयत्न पनि त्यस्तै भयो । यी सम्पूर्ण राजनीतिक परिघटनाहरुलाई हेरिसकेपछि अब आत्मनिर्भरसहितको अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर समृद्धिको अभियान नथाल्ने हो भने देशले निकास पाउँदैन भन्ने निष्कर्षमा हामी पुग्यौं । यो युगको माग पनि थियो ।
राजनीतिक संगठन बन्नका लागि विचारधार, संगठन, अर्थतन्त्र, सेना र सत्ता चाहिन्छ भनेर हामी भन्दै आएका छौं । त्यसमा पनि हामीले पहिला अर्थतन्त्र निर्माण गरेर अन्य निकाय दोस्रो तेस्रो चरणमा बनाउँदै जाने भनेर यो सुरुवात गरेका छौं ।
यो जागरणमूलक अभियान हो कि वास्तविक अर्थतन्त्र निर्माण गर्ने अभियान हो ?
यसको मुख्य लक्ष्य समाजवादी अर्थतन्त्रसहितको व्यवस्था निर्माण नै हो । नेपालको संविधानले पनि समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको छ । समाजवादमा त जाने तर कसरी ? यसका लागि हामीले जागरणसहितको उत्पादन, विनियम, बजार र उपभोक्ता यी अर्थतन्त्रका चारै पिलर बनउँदै जाने बाटो तय गरेका छौं । त्यसमा किसानको लगानी पनि जोडिएको छ ।
सबैले कृषि सहकारी बनाएर अनुदानमा काम गरिरहेका छन् तर तपाईहरुले किन उर्बर नेपाल पब्लिक लिमिटेड बनाएर काम सुरु गर्नुभयो ?
सहकारीको मोडल २०६४ को परिवर्तपछि नेपालमा सुरु भएको थियो । सहकारीले पनि केही सुधारबाहेक गरीबीको उन्मुलन गर्न सकेन । त्यसपछि एनजिओ–आईएनजिओका नाममा गरिबी उन्मुलन गर्ने भनेर अर्बौ विदेशी पैसा ल्याइयो तर पनि देशले गरीबीबाट छुटकारा पाएन । पुन यही मोडलमा जाँदा त हुने फेरि त्यही हो । सामान्य सुधारको लक्ष्य हुँदा अहिले पनि सहकारीको मोडल उत्तम नै छ तर हामीले आमूल परिवर्त चाहेको हुँदा, असफल भइसकेको सहकारी मोडलमा गएनौं ।
बीस प्रतिशतलाई स्वर्गसरी भएको राष्ट्रलाई उल्ट्याएर ८० प्रतिशत दुख पाएका जनताका लागि स्वर्गसरी बनाउनु छ । यो आफैमा चुनौतिपूर्ण छ । त्यसकारण हामीले भन्यौं– अब नजस्तरबाटै लगानी, जनस्तरबाटै उत्पादन र जनस्तरबाटै राजनीति । विगतमा विश्वभरका श्रमिकहरु एक भइयो भने पुँजीवादी व्यवस्थालाई खारेज गर्न सकिन्छ भन्ने थियो । अब श्रमिकहरु मात्र एक भएर भएन, आफै मालिक हुनेगरी परिवर्तका पक्षधरहरु सबै उत्पादनमा सम्पूर्ण रुपमा लाग्नुपर्यो । हामीले यो मोडलमा काम सुरु गरेका छौं ।
बीस प्रतिशतलाई स्वर्गसरी भएको राष्ट्रलाई उल्ट्याएर ८० प्रतिशत दुख पाएका जनताका लागि स्वर्गसरी बनाउनु छ । यो आफैमा चुनौतिपूर्ण छ । त्यसकारण हामीले भन्यौं– अब नजस्तरबाटै लगानी, जनस्तरबाटै उत्पादन र जनस्तरबाटै राजनीति । विगतमा विश्वभरका श्रमिकहरु एक भइयो भने पुँजीवादी व्यवस्थालाई खारेज गर्न सकिन्छ भन्ने थियो । अब श्रमिकहरु मात्र एक भएर भएन, आफैँ मालिक हुनेगरी परिवर्तका पक्षधरहरु सबै उत्पादनमा सम्पूर्ण रुपमा लाग्नुपर्यो । हामीले यो मोडलमा काम सुरु गरेका छौं । तपाईले भने सहयोग लिएर पनि गर्न सकिन्थ्यो तर त्यसो गर्दा फेरि यही व्यवस्थाको दासत्व स्वीकार गर्नुपर्ने हुन्छ । हामी स्वतन्त्र र स्वायक्त भएर एउटा अर्थतन्त्र निर्माण गर्ने अभियानमा छौँ ।
तपाई यो अभियानअन्तर्गतको उर्बर नेपाल पब्लिक लिमिटेडको चियरमेन पनि हुनुहुन्छ । यो अभियानका नाममा सुदर्शन विक्रम कार्की अर्को पुँजीपतिका रुपमा उदाउँदैन भन्ने कसरी भन्न सकिन्छ ?
यो प्रश्न मलाई अरुले पनि गरिरहेकै छन् । सुदर्शनको यो अर्को विनोद चौधरी बन्ने महत्वाकांक्षा हो भन्नेहरु पनि छ । तर यो कम्पनीको मोडालिटीले नै विनोद चौधरी हुने बाटो बन्द गरिएको छ । त्यो भनेको शेयर मेकानिज्म हो । अहिले पनि तपाईले कोकाकोलाजस्ता पब्लिक कम्पनिलाई हेर्नुभयो भने एउटै व्यक्तिसँग २० प्रतिशतसम्म शेयर छ । तर यो उर्बर नेपालमा कसैले पनि एक लाखभन्दा बढी शेयर नै हाल्न पाउँदैनन् । यसमा हामीले सामान्य किसानहरुका लागि ४० प्रतिशत शेयर छुट्याएका छौं, जसमा १० हजारदेखि एक लाखसम्म शेयर एकजना किसानले हाल्न पाउँछ । वैज्ञानिक समाजवादी अभियानमा लागेका अभियान्ताहरुका लागि ४० प्रतिशत शेयर छ, जसमा एकजना अभियान्ताले एकलाखभन्दा बढीको शेयर हाल्नै पाउँदैनन् । बाँकी २० प्रतिशत शेयर बैंक र वित्तिय संस्थाहरुलाई जोड्ने भनेर छुट्याइएको छ । यसमा मेजर शेयर कसैको छैन । विनोध चौधरी बन्ने सपना लिएर कोही यहाँ आउँछ भने त्यो बाटो हामीले बन्द गरेका छौं ।
यसरी बराबरी शेयर भएको पब्लिक लिमिटेड विश्वमै हामीले अर्को भेटेका छैनौं । यो हामीे रिसर्च गरेरै भन्दैछौं । अब यो विस्तारै धेरै मान्छेलाई जोड्दै मल्टिनेश्नल कम्पनीतर्फ जान्छ । यसमा एउटा जागिरको रुपमा मात्रै चियरमेन, सिईओ बस्नुहुन्छ । यो कम्पनीको विनोध चौधरीजस्तो कोही मालिक हुँदैन । तर यो अभियानमा लागेका सबै अभियान्ता विनोध चौधरी भने बन्न सक्छन् । यो धेरैभन्दा धेरै जनताको आफ्नो कम्पनी बन्छ । यसमा जनताको लगानी हुन्छ । यो अभियान मन पराउनेहरुको लगानी हुन्छ । वैज्ञानिक समाजवादको पक्षमा उभिनेहरुको लगानी हुन्छ । राष्ट्रिय अर्थतन्त्र निर्माणमा म पनि हुनुपर्छ भन्नेहरुको लगानी हुन्छ । हामीले पाँच अर्बको पुँजी बनाएका छौं । त्सको २० प्रतिशत बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउँछन् ।
हामीले यो अभियानमा पाँच लाख किसान बनाउने लक्ष लिएका छौं । ७ हजार अभियान्ता बनाउने भनेका छौं । अभियान्ताले एकलाख मात्रै शेयर हाल्न पाउँछन् भने किसानले १० हजार देखि एकलाख बराबरको शेयर हाल्न पाउँछन् । यसरी हरेक शेयर सदस्यको स्वामित्वको हिसाबले लगभग समानता हुन्छ । यहाँ एकाध मानिस मोटाउला कि भन्ने भन्दा पनि सबैको बराबर स्वामीत्व भएका कारण अभियान्ताहरु पूरै जाँगरका साथ उत्पादनका काममा लाग्दैनन् कि भन्ने चुनौति चाहीँ छ । यो अहिलेसम्म प्रयोगमा नआएको अभ्यासन भएकाले अभियान्ताहरुमा बलियो प्रतिबद्धता भने चाहिन्छ । त्यहि भएर नै पहिला राष्ट्रिय अर्थतन्त्र निर्माण अभियान भनेर सुरुवात गर्यौं । भावनाहरुलाई जोड्यौं । कुन फिलोसफिबाट हामी यो यात्रामा लागिरहेका छौं भन्ने कुराबाट अभियान्तहरुलाई प्रशिक्षित गर्यौं । त्यसपछि उर्बर नेपाल पब्लिक लिमिटेड बनायौं ।
अहिले हामीसँग जोडिनुभएका अभियान्ताहरुमा समानतामै जाने भन्ने भावना बलियो बन्दै गएको छ । यसरी बराबरी शेयर भएको पब्लिक लिमिटेड विश्वमै हामीले अर्को भेटेका छैनौं । यो हामीे रिसर्च गरेरै भन्दैछौं । अब यो विस्तारै धेरै मान्छेलाई जोड्दै मल्टिनेश्नल कम्पनीतर्फ जान्छ । यसमा एउटा जागिरको रुपमा मात्रै चियरमेन, सिईओ बस्नुहुन्छ । यो कम्पनीको विनोध चौधरीजस्तो कोही मालिक हुँदैन । तर यो अभियानमा लागेका सबै अभियान्ता विनोध चौधरी भने बन्न सक्छन् । यो धेरैभन्दा धेरै जनताको आफ्नो कम्पनी बन्छ । यसमा जनताको लगानी हुन्छ । यो अभियान मन पराउनेहरुको लगानी हुन्छ । वैज्ञानिक समाजवादको पक्षमा उभिनेहरुको लगानी हुन्छ । राष्ट्रिय अर्थतन्त्र निर्माणमा म पनि हुनुपर्छ भन्नेहरुको लगानी हुन्छ । हामीले पाँच अर्बको पुँजी बनाएका छौं । त्सको २० प्रतिशत बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउँछन् ।
अहिले एकलाख शेयर भएका अभियान्ताहरु कति पुग्नुभयो ?
करिब २५६ जना अभियान्ताहरुले एक–एक लाखको शेयर हाल्नुभएको छ । केही कृषि फार्महरु चलाएर बस्नुभएका किसानहरुले पनि शेयर हाल्नुभएको छ । सामान्य कृषि गरेर बस्नुभएका करिब २२ सय किसानहरु अभियान्ताका रुपमा जोडिनुभएको छ । करिब १०८ जना व्यवसायिक किसानहरु हुनुहुन्छ । बाँकी अन्य अभियान्ताहरु हुनुहुन्छ । विदेशको हकमा इजराइल र कोरियामा रहनुभएका साथिहरुले पनि शेयर हाल्नुभएको छ ।
यो अभियानमा जोडिएर किसानले पाउने फाइदा के त ?
सबैभन्दा राम्रो यो अभियानमा जोडिने किसानहरुले बजार पाउँछन् । हामीसँग बजार छ । अर्को हामीले अहिले जे पेस्टिसाइजहरु प्रयोग गरेर सामान उत्पादन गरेका छौं, त्यसलाई क्लिन गर्न सकिने मेकानिज्म हामीसँग छ । हामी अहिले मलखादहरु निर्माण गरिरहेका छौं । त्यसैगरी बीउ बिजनको कुरामा हामी परनिर्भर छौं । हामी रैथाने बीउलाई व्युँताउने प्रक्रियामा छौं, त्यसले गर्दा किसानले बीउ बिजन किन्नु परेन । किसन व्यवसायिक कृषिमा जान चाहन्छ भने हामी सब्सीटीमा लोनका लागि अप्लाई गर्छौं । त्यो लाभ पनि किसानले प्राप्त गर्ने नै भए । त्योभन्दा पनि महत्वपूर्ण कुरा यो किसानको आफ्नो कम्पनी हुन्छ, जुन नेपालमा अर्को कुनै किसानको आफ्नो कम्पनी छैन । किसान स्वयं मालिक भएको कम्पनी हो यो । यसबाट सबैभन्दा धेरै फाइदा नै किसानलाई छ । किसान मालिक हुन पाए, किसानले बजार पायो, किसानले आफ्नो उत्पादनलाई व्यवस्थित गरेर विश्वबजारमा लैजान पाए । व्यवसायिक किसान छ भने सब्सीटीमा लोन पाउने भयो । यो कार्यक्रम नै विशेष गरेर पिँधमा रहेको किसानको लागि हो ।
सीप भएर पनि बेरोजगार रहेका युवाहरु कसरी जोडिन सक्छन् त यो अभियानमा ?
माथि भनिएको सबै कार्यक्रम पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरण्को कार्यक्रममा विज्ञान–प्रविधि अन्तर्गतका कामहरु गर्ने हाम्रो पोलिसी छ । कृषि उत्पादनसँग सम्बन्धित औजार नेपालमै एसेम्वल या आविस्कार गर्ने भनेका छौं । तेस्रो, नेपालको समृद्धिमा छुटाउनै नमिल्ने कुरा पर्यटन हो । थाइल्याण्ड पर्यटनकै कारण आज त्यहाँ पुगेको हो । हामी त प्राकृतिक रुपमा धेरै धनि छौं । सगरमाथाको देश यही, ऋषिमुनीहरुले तप गरेको देश यही, वीर गोर्खालीको देश यही । गैँडा र हात्ति भएको देश यही, झरना र खोलानाला भएको देश यही । टुरिज्ममा त अथाहा सम्भावना छ । चौथो, हामी जडिबुटीमा आत्मनिर्भर बन्न सक्छौं । तसर्थ यो अभियान बेरोजगार युवाहरुका लागि पनि हो । अहिले नै पनि आईटीसाथिहरुले काम गरिरहनु भएको छ । माकेंटिङ गर्छु भन्नुहुन्छ भने यहाँ शेयर हालेर भोलीबाटै काम सुरु गर्न सक्नुहुन्छ । त्यसमा कुनै समस्या नै छैन ।
यो अभियानलाई समाजवादी अर्थतन्त्रको मोडल बनाउने प्रयत्न भनेर बुझ्न सकिन्छ ?
समाजवाद भन्ने वित्तिकै हाउगुजीका रुपमा बुझ्नेहरु पनि छन् । तर समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना त हाम्रो संविधानले नै गरेको छ । यसलाई समाजवादी मोडलको अर्थतन्त्र निर्माणको एउटा तरिकाका रुपमा, एउटा मोडलका रुपमा पनि लिन सकिन्छ । किनभने हाम्रो अभियान विशुद्ध एउटा पब्लिक कम्पनी निर्माण गर्ने आदर्श प्रोजेक्ट मात्रै होइन । यो त पिँधका जनताहरुको जीवनस्तर अरु कसैको दानबकसबाट होइन, उनीहरुकै प्रयन्तबाट उकास्ने फिलोसफीबाट गाइडेट अभियान हो । समाजवाद व्यवस्थालाई भइरहेको भन्दा अझ राम्रो र व्यवस्थित बनाउने सामुदायिक अर्थतन्त्र निर्माण गर्ने प्रयन्त पनि हो । समाजवाद धारका पार्टीहरुले गर्न नसकेको या नगरेको समाजवादी अर्थतन्त्र निर्माणको काम यो अभियानले थालेको छ । भोली आवश्यक पर्यो भने यो अभियान पार्टीमा पनि रुपान्तरण हुनसक्छ । अरु कुनै वैज्ञानिक समाजवाद शक्तिहरुसँग एकाकार गरेर, सहकार्य गरेर पनि जान सकिन्छ । तर अभियान रोकिँदैन ।
यो अभियानको फिलोसफीकल गाइडलाइन चाहीँ के हो त ?
बीचमा असुन्तुष्टि पैदा भयो र नयाँ खोजमा लागेँ । यहीँ क्रममा एकजना दार्शनिकसँग भेट भयो । उहाँ हुनुहुन्थ्यो रमेश सुनुवार । उहाँले वैज्ञानिक समाजवाद कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको छ । म त्यो विचारबाट गाइडेट छु । यो अभियान पनि उहाँकै विचारभित्रको एउटा पक्षको उत्पादन हो । प्रयोग हो । उहाँले सैद्धान्तिम रुपमा अगाडि सार्नुभएको अवधारणालाई हामीले पहिलो पटक कार्यान्वयन गरेका थियौं । करिब एक वर्षको अवधिमै उहाँको अवधारणाले सफलता प्राप्त गरिसकेको छ । यो बाटोबाट देशलाई बलल्न सकिन्छ, देशको सुन्दभर भविष्यको निर्माण हामी आफै गर्नसक्छौं भन्ने पुष्टि भएको छ ।
म आफैँ पनि राजनीतिक व्यक्ति थिइँन । कुनै समय म नेपालको टप टेन धनी बन्ने भनेर व्यवसायिक क्षेत्रमा हाम फालेको मान्छे हुँ । मैले १९ वर्षकै उमेरमा आइक्याच इन्जिनियरिङ प्रालि बनाएर काम गरेको थिएँ । अहिले पनि त्यसको विभिन्न ठाउँमा ब्राण्डिङ भएको देख्न सक्नुहुन्छ । मैले चाइनाबाटै ब्राण्डिङ गरेर सेक्युरिटीसँग सम्बन्धित टेक्नोलोजीहरु ल्याएको थिएँ । बीचमा असुन्तुष्टि पैदा भयो र नयाँ खोजमा लागेँ । यहीँ क्रममा एकजना दार्शनिकसँग भेट भयो । उहाँ हुनुहुन्थ्यो रमेश सुनुवार । उहाँले वैज्ञानिक समाजवाद कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको छ । म त्यो विचारबाट गाइडेट छु । यो अभियान पनि उहाँकै विचारभित्रको एउटा पक्षको उत्पादन हो । प्रयोग हो । उहाँले सैद्धान्तिम रुपमा अगाडि सार्नुभएको अवधारणालाई हामीले पहिलो पटक कार्यान्वयन गरेका थियौं । करिब एक वर्षको अवधिमै उहाँको अवधारणाले सफलता प्राप्त गरिसकेको छ । यो बाटोबाट देशलाई बदल्न सकिन्छ, देशको सुन्दभर भविष्यको निर्माण हामी आफै गर्नसक्छौं भन्ने पुष्टि भएको छ ।
यो अभियानबारे समाजवादी धारका राजनीतिक दलहरुसँग पनि छलफल भएको छ कि ?
यो मोडालिटी प्रयोग गर्न पुराना पार्टीहरुले पहिला त वैचारिक रुपमा व्यापक छलफल गर्नुपर्छ । यो नयाँ फिलोसफीको वेसमा छ । पुराना चिन्तनमा काम गरिरहेका पार्टी र त्यसका नेताहरुले यो सहजै लागु गर्नसक्ने देखिन्न । किनभने दलाल पुँजीपतिहरुले उनीहरुलाई घेराबन्दी गरेर राखेका छन् । त्यो घेराबाट बाहिर नेताहरु आउन तयार हुनुपर्छ पहिला त । हामीले केही नेताहरुसँग छलफल त गरेका थियौं तर त्यो कार्यान्वयन भएन । यति चाहीँ ढुक्कले भन्न सकिन्छ कि संसदीय राजनीति नै गर्ने दलले पनि यस्तो मोडालिटीलाई प्रयोग गरेर जाने हो भने त्यो पहिलो शक्तिका रुपमा जनताबाट अनुमोदित हुन्छ ।
एक वर्षको यात्रामा के कस्ता चुनौतिहरु देखिए ?
यहाँ चुनौति नै चुनौति छ । चुनौति कै बीचबाट हामीले एकवर्षे यात्रा पुरा गरेका छौं । हामीसँग पाँचलाख युवाहरु जोडिएर काम गर्नसक्ने डकुमेन्ट छ । रामदेवको पतञ्जलीलेभन्दा धेरै काम गर्ने अभियान हो यो । तर नेपालका नेताहरु रामदेश र बालकृणसँग मुख्य शेयर भएको कम्पनीका लागि जग्गा दिन्छ । तर हाम्रो अभियानको कुरा सुन्नै खोज्दैनन् । भोली अभियान बढ्दै जाँदा सरकारले हाम्रो कुरा सन्दैन भने, सरकार जनताकोे कम्पनीलाई सहयोग गर्दैन भने विद्रोहको बाटोमा जानुपर्ने पनि हुनसक्छ । त्यसका लागि लाखौं युवाहरु र किसानहरु संगठिन हुन आवश्यक छ ।