
सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् ।
सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन ।
प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार ०८:३२ गते