संघीय संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सो कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।
प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार १२:३३ गते