नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्नुपरेको बताएका थिए । तर उनले टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजेका थिए । एमसीसीको विषयलाई लिएर पार्टी भित्र मतभेद कायम रहेपनि एमसीसी पास गर्न नहुने अधिकाँश नेताहरुको जोड रहदै आएको छ ।
प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार १२:४९ गते