काठमाडौं । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गिरेन्द्रबहादुर राईले जनतालाई गरेको प्रतिबद्धता र सपनालाई पूरा गर्ने बताएका छन् । आइतबार हलेसी सेक्युरिटी सर्भिस प्रालीले काठमाडौं नयाँ बजारमा आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जनताका समस्यासँग प्रतिवद्ध भएर जुध्ने बताए ।
‘मैले चुनावमा जनतालाई देखाएका सपना र जनतासँग गरेका प्रतिवद्धता पुरा गरेरै छाड्छु । यसपटकको चुनाव ठूलो चुनौतिका वावजुत मतदाताहरुको अगाध प्रेम र विस्वासका कारण जितिएको छ । अब पाँच वर्ष मलाई रमाइलो गरेर विताउने छुट छैन् । पालिका प्रमुख राईको भनाइ थियो ।
नेकपा एमालेबाट विजयी बनेका राई पूर्व विद्यार्थी नेता पनि हुन् । उनी रत्न राज्यलक्ष्मी क्याम्पसका पूर्व उपसभापतिसमेत हुन् । अध्यक्ष राईले अबको पाच वर्षको अवधिलाई जनताको काममा सदुपयोग गर्ने बताउँदै यसपटकको चुनावका पार्टी फुटको असर परेको भनाइ व्यक्त गरे। सो गाउँपालिकामा नेकपा एमालेबाटै बागी उम्मेदवार समेत उठ्दा पनि राईले लोकप्रिय मतसहित जितेका थिए।
उक्त स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको सहभागी थियो । भट्टराई नवनिर्वाचित पालिका अध्यक्षलाई शुभकामना दिँदै जनताको समस्यामा ध्यान दिन आग्रह गरे । ‘गठबन्धन र बागी उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी हुनुभएकोमा शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘अबको पाँच वर्षमा उदाहरणीय काम गर्नको लागि पनि अनुरोध गर्दछु ।’ उनले उम्मेदवार चयन गर्दा जनताले रुचाएका छन् वा छैनन् भन्नेबारे पार्टीले ख्याल गर्नुपर्ने बताउँदै सन्सारमा कहि पनि गठवन्धनल देश वनाएको रेकर्ड नभएको बताए। ‘देश बनाउने भनेको पार्टीले नै हो, त्यो पनि मुलधारको पार्टीमा निर्भर गर्छ,’ उनले भने, ‘अब जनप्रतिनिधिले अजेन्डा पूरा गर्न आवश्यक छ।’ हलेसी सेक्युरिटी सर्भिस प्रालीका मदन राईले शुभकामना दिँदै जनताको समस्यामा केन्द्रित हुन आग्रह गरे। उनले स्थानीयसँग हातेमालो गरेर काम गर्न सके जनप्रतिनिधि सफल हुने बताए।
कार्यक्रममा युवा संघका एण्डी राईले पनि नवनिर्वाचित अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिए । उनले विकासको गति लिन आवश्यक रहेको बताउँदै आफ्न अजेन्डामा केन्द्रित हुन नव निर्विाचित पालिका अध्यक्षलाई आग्रह गरे। ‘हामीले समाजवाद ल्याउन कोसिस गरिरहेका छौं,’ उनले भने, ‘जनप्रतिनिधिले पिच्छडिएका र गरिबका समस्या समाधान गर्न केन्द्रित हुनुपर्छ।’,’ उनले भने, ‘यसपटकको चुनाव ठूलो चुनौतिका वावजुत जितियो।’