काठमाडौं । नेपाल टिकटक ग्रपको माध्यमबाट गाडि दुर्घटनामा परेर एउटा खुट्ट गुमाउन पुगेका सन्तोश जोशीलाई आर्थिक सहयोग गरेको छ । मलेसियामा रहेका हरि पाण्डेको पहलमा विभिन्न देशमा रहेका नेपाली दाजुभाइदिदीबहिनीहरुबाट संकलन भएको ३७ हजार रुपैया रकम विभिन्न पत्रकार, बुद्धिजिबि र वडा अध्यक्षको उपस्थितिमा हस्तान्तरण भएको हो ।
सन्तोश जोशी २०७५ साल धनगडीबाट बुटवल जाँदैथिए । फाल्गुण १० गतेको दिन थियो । जीवनका थुप्रै सपनाहरु बनेर उनी त्यो यात्रामा सयर थिए । तर जीवन कहाँ कतिखेर के हुन्छ भन्ने कसले जान्ने । कोहलपुरस्थित रोहिनी खोलामा पुग्दै गर्दा अकास्मत उनी चढेको गाडि दुर्घनटामा पर्यो । सन्तोश संयोगले बाँचे तर उनले एउटा खुट्ट गुामाउनुपर्यो । उनका दाजु पनि सँगै थिए । सन्तोश त बाँचे तर उनका दाजुको भने त्यही दुर्घटनामै मृत्यु भयो ।
अहिले सन्तोश एउटा खुट्टाको सहारामा जीवनका कठिन समय विताइरहेका छन् । उनको एउटा खुट्टा पनि रड राखेर अलिअलि टेक्न हुने मात्रै छ । उनको घरमा बुढेसकाल लागेका बाआमा छन् । उनी कमाउन सक्ने अवस्थामा पनि छैनन् । घरको आर्थिक अबस्था निकै कमजोर छ । सन्तोश कतै सहयोग पाइए बाँच्न सजिलो हुन्थ्यो कि भन्ने अपेक्षा राख्छन् ।