पाल्पा जिल्ला संयोजकमा युवा नेता राजेन्द्र चयन


माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय बैंठकले राजेन्द्र विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो । जिल्ला कमिटीको तर्फबाट सिफरिस भएका विश्वकर्मालाई पार्टीले सर्वसम्वत रुपमा संयोजकको जिम्मेवारी प्रदान गरेको हो । जिल्ला संयोजकको जिम्मेवारी पाएसंगै पार्टीको संगठनात्म विकास र विस्तारमा लागि पर्ने तथा आसन्न निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाउने विश्वकर्माले बताए ।

माओवादी आन्दोन बिभिन्न आरोह अबरोह पार गरेर आएको हुँदा खास जनताको आर्थिक, सामाजिक परिर्वतनको लागि माओवादी पार्टीको भुमिका अहम रहेको तथा पाल्पाली जनता र कार्यकर्तालाई गोलबन्द गरि माओवादी आन्दोलनलाई शसक्त रुपमा अगाडि बढाई जनताको जीवनस्तर र समाज रुपान्तरण गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


प्रकाशित : २०७९ श्रावण २४, मंगलवार ०९:४० गते

ताजा समाचार