प्रतिनिधिसभा सदस्यको लागी काठमाडौ क्षेत्र नं. ६ बाट राजनीतिशास्त्रमा गोल्ड मेडलिस्ट युवा उम्मेदवार निर्देश सिलवालको उम्मेदवारी रहेको छ । कानुनका विद्यार्थी सिलवालले स्विडेनको माल्मो विश्वविद्यालयू बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् भने उनि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा गोल्ड मेडलिस्ट समेत हुन्। योसगै उनले बडाकाजी मरिचमानसिह अवार्ड र ललित चन्द अवार्ड प्राप्त गरेका छन्।
पेशाले उनी लेक्चरर हुन्। स्नातक तहमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको अध्यापन गर्छन्। सोधमा विशेष दखल राख्छन्। युवा, शिक्षा, सहभागितामुलक लोकतन्त्र, कानुनी शासन, सामाजिक न्यायमा कलम चलाउनुको साथै बहसरवकालत गर्दै आएका छन्। उनले सन् २०१९ मा अमेरिकामा प्रतिष्ठित प्रोफेसनल फेलोस् प्रोग्रामु अन्तर्गत लेजिस्लेटिभ फेलोसिप गरिसकेका छन्।
वैकल्पिक राजनीतिको आन्दोलनमा उनी झण्डै एक दशक लागेका थिए । विवेकशील नेपाली दलको निर्वाचित महासचिव तथा एकीकरण पछि बनेको विवेकशील साझा पार्टीको विदेश मामिला विभागको सदस्य र पछि केन्द्रिय संगठन विभाग प्रमुख बनेर लामो समय नेतृत्व गरे।
चुनाव चिन्ह क्यामेरा 📷️ लिएर काठमाडौको क्षेत्र (६) बाट स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल अरु भन्दा अगाडी छन।