एक दुर्लभ मुटुः केपी शर्मा ओली


मैले एक पटक केपी ओली लाई एउटा कुनै औपचारीक कार्यक्रममा देखेँ कमसेकम १०० मिटरको दुरीमा । मैले त्यसदिन चस्मा लगाएर उनको रुप हेरेँ । कति उज्यालो छ अनुहार । उनलाई नजिकबाट हेर्नेहरु भन्छन्– उनको अनुहारमा एक अदभूत ज्योती छ । मैले त्यो ज्योती साक्षात् नियाल्न नपाए पनि गहिरो अनुभूति अवश्य गरेकी छु । साँच्चै लोभ लाग्दो छ उनको उपस्थिती । हज्जारौँको सभामा मानिसहरु उनलाई केपी ‘बा’ ‘आई लभ यु’ भन्न सक्छन् । मैले आजसम्म प्रचण्ड, देउवालगायतका नेताहरुलाई मानिसहरुका भिडले ‘आई लभ यु’ भनेको सुनेकै छैन । उनी जहाँ जान्छन्, त्यहाँ उनका समर्थकहरुमाझ बेग्लै हर्षोल्लास हुन्छ, उत्सव हुन्छ, सकारात्मक वायु प्रवाह हुन्छ ।

……………………………………………………………..

मञ्जु मिश्र 

………………………………………………………………………..

साँच्चै भनौँ भने मैले केपी ओलीलाई नजिकैबाट अन्तरंग नियाल्ने अवसर पाएकै छैन । केप ओलीलाई भेट्न एकदमै सजिलो छ भन्ने जान्दाजान्दै पनि नभेटी नहुने काम नपरेर होला प्रत्यक्ष संवाद हुन पाएको छैन । देखेको छु– टेलिभिजनका पर्दामा, कुनै औपचारीक कार्यक्रमहरुमा । धेरैले केपी ओलीसँग हात मिलाएका फोटोहरु सामाजिक सञ्जालमा राख्ने गर्छन् । मेरा समकालीन साथीहरुको पनि ‘बा’ सँग खिचिएको तस्विरहरु सामाजिक सञ्चालमा देखेको छु । यो स्वाभाविक कुरा नै हो । तर म भने ‘बा’ ले एकदिन मसँग आफै फोटो खिच्न अनुरोध गर्नेछन् भन्ने दुर्लभ रहर लिएर बसेकी छु ।

म हरेक पटक गाँउ जाँदा मेरो हजुरआमा मलाई सोध्नु हुन्छ, “यस्तालि भेटिस त ‘ओली बा’ लाई ? म सँधै भन्छु ‘अहँ अझै मेरो औकात पुगेको छैन ।’ अनि हजुरआमा भन्नु हुन्छ, “यत्रो धेरै पढेर ओकिल भैसकिस्, अझै आँट आको छैन तलाई ।” उहाँ अहिले ९७ वर्ष पुग्नु भयो । उहाँलाई जहाजमा चढेर केपी ओलीलाई भेट्न बालकोटमा आउन मन छ । केपी ओली जत्तिकै उहाँ मुस्कुराउनु हुन्छ । अझै पनि उहाँलाई आफू बुढी भएको आभास छैन् । उहाँसँग अझै जीवनको रहर उत्साह बाँकी छ केपी ‘बा’ को जस्तै । हजुरआमा भन्नु हुन्छ, “मृत्यु त निश्चित हो, तर मर्न मन छैन ।” म उहाँका यिनै कुराहरुले प्रभावित भइरहन्छु । मेरो हजुरआमा मलाई जीवन दर्शन सिकाउने गुरुआमा हुनुहुन्छ, केपी ‘बा’ जस्तै ।

चाणक्यले एक असल राजनेता चतुर, निर्मम र दयावान हुनुपर्छ भनेर लेखेका रहेछन् । म केपी ओलीमा यी तीनवटै जादुमय स्वभावहरु देख्छु । चतुर यसकारण कि कसलाई कुन बखत कुन चिठ्ठा फाल्दा हातमा लिन सकिन्छ भन्ने राम्ररी थाहा छ । निर्मम यसकारण कि देशलाई अनावश्यक पात्रहरुको बोझ बोकाउनुभन्दा फेद नै र्गल्यागुर्लुम ढल्दा पनि त्यसलाई थेग्न सक्ने तर्क, तथ्य र राजनीतिक तगत राख्नसक्ने क्षमता ओलिसँग छ, यसको ज्वलन्त उदाहरण संसद बिघटनलाई लिन सकिन्छ ।

ओलीलाई थाह थियो, यो संसद विघटन गर्ने कुरा संवैधानिक होइन तर उनले निर्मता पूर्वक संसद बिघटन गर्ने कार्य गर्नु पर्यो । उनलाई थाह थियो सदनमा बिस्वासको मत प्राप्त हँुदैन, तर पनि त्यसलाई सामना गर्ने सार्मथ्य उनमा देखियो । अनि दयावान यसकारण की कुनै व्यक्ति कुनै याचना लिएर केपी ओली समक्ष पुग्नासाथ उहाँको कृपादृष्टि परेको उदाहरण हामीले प्रशस्त देखेका छौँ । जस्तै सदनमा ३२ सिटको झिनो आकार बनाएको माओवादीलाई सरकारको नेतृत्व गर्न सक्ने ओलीले नै बनाए दिए । प्रधानमन्त्री बन्ने प्रचण्डको रहर पुरा गरिदिए । उपप्रधान तथा गृहमन्त्री बनेर समकालीन नेताहरुकै हैसियत बनाउन तम्सिरहेका रवी लामिछानेलाई उनैले उक्त पदमा सानदार इन्ट्री गराइदिए, आदि इत्यादी ।

यसको व्याख्या नेपाली जनता आफैले गर्नसक्छन् यहाँ धेरै लेख्नै पर्दैन । आज बिहान केपी ओलीले कान्तिपुरमा एउटा स्मरण लेखेका छन्, “मैले मृत्युलाई धेरै पटक अंगाले, तर मृत्यु सधै पराजित रहिरह्यो । चाहे त्यो हेलिकप्टर दुर्घटना हुदाँ होस् वा २०३३ सालमा गौर जेलमा रहदाका बखत “अड्डा सारी माथि पुर्याइदिनु” भन्ने चिठीका सन्दर्भमा होस् । उनले मृत्युलाई स्वीकार गरीसकेको सन्दर्भहरु स्मरण गरेका छन् । मृत्युलाई स्वीकार गर्दा, मृत्युसँग भयभित नहुँदा मात्र पनि मृत्यु धेरै पर भाग्छ । सार यहि थियो ।

हो नि, मृत्यु निश्पट, अध्याँरो अनि अज्ञानी हुन्छ । निश्पट अन्धकारमा केही देखिँदैन । अज्ञानतामा चेतना शून्य हुन्छ, अनि मृत्युसँग के को डर ?
मैले एक पटक केपी ओली लाई एउटा कुनै औपचारीक कार्यक्रममा देखेँ कमसेकम १०० मिटरको दुरीमा । मैले त्यसदिन चस्मा लगाएर उनको रुप हेरेँ । कति उज्यालो छ अनुहार । उनलाई नजिकबाट हेर्नेहरु भन्छन्– उनको अनुहारमा एक अदभूत ज्योती छ । मैले त्यो ज्योती साक्षात् नियाल्न नपाए पनि गहिरो अनुभूति अवश्य गरेकी छु । साँच्चै लोभ लाग्दो छ उनको उपस्थिती । हज्जारौँको सभामा मानिसहरु उनलाई केपी ‘बा’ ‘आई लभ यु’ भन्न सक्छन् । मैले आजसम्म प्रचण्ड, देउवालगायतका नेताहरुलाई मानिसहरुका भिडले ‘आई लभ यु’ भनेको सुनेकै छैन । उनी जहाँ जान्छन्, त्यहाँ उनका समर्थकहरुमाझ बेग्लै हर्षोल्लास हुन्छ, उत्सव हुन्छ, सकारात्मक वायु प्रवाह हुन्छ ।

केपी ओलीको विरोध गर्ने शैलि पनि उच्च स्तरको छ । उनले प्रचण्डलाई गाली गर्दा कहिलै धारे हात लगाएर गाली गरेको देखेको छैन । ओलीबाट आततायी भिम रावल वा माधव नेपालकै पनि उनी सभ्य बिरोध गरदिन्छन् । जब ती सबैको ओलीको बिरोध गर्दछन्, तब बाध्य भएर अरुले पनि मुस्कुराउँदै दुर्वचन बोल्नु पर्ने हुन्छ । मैले माधव नेपालले ओलीको बिरोध गरेको कयौँ भिडियोहरु देखेको छुँ । जहाँ उनी नहाँसी सुखै छैन् । हास्नु पनि त शक्ति हो । हसाउन सक्नु त झन कला हो । योगाचारीहरु हाँस्नुलाई स्वस्थ जीवनको पर्यायको रुपमा लिन्छन् । के ‘बा’ को यो गुण केपी अदभूत छैन र ?

उनी सुम्मुम्याएर, म्वाई खाएरै नरम विरोध गर्न सक्छन् ।

हाँस्ने र हसाउने कुरामा केपी ओली र प्रचण्डको एकताका दोहोरी नै चल्यो । केपी ओलीले गर्दा नेपालीहरु हाँस्न थाले भनेर प्रचण्डले ओलीको उपाहास गरे केपी ओलीले पनि त्यस उपहासलाई दरीलो झापड सरह भनिदिए, ‘के मैले केटाकेटी टुहुरा बनाउने, श्रीमतीहरुलाई बिधवा बनाउने अनि अभिभावकलाई निसन्तान बनाउने काम गरेको छु ? हो त्यसैले त म खुशि छु कि मैले कसैलाई आजसम्म रुवाउनु परेको छैन ।

गत निर्वाचनमा माओवादी, समाजवादी तथा नेपाली कांग्रेस सहितको गठबन्धन बन्यो । गठबन्धनको उद्देश्य नै एमालेलाई निमिट्यान्न पार्ने भन्ने थियो । उनीहरुको प्रयास केही हदसम्म सफल पनि भयो । एमालेका केही ठुला नेताहरु चुनाव हारे पनि । तर एमालेले चुनाव हारेन । चाहे पहाडमा होस् वा मधेसमा होस् एमालेले नसोचेको मत ल्यायो । कारण थियो एमालेको वडा—वडासम्म फैलिएको संगठन । तिनै संगठनको बलमा एमालेले बिशाल नतिजा ल्यायो, एमाले सक्छु र कम्युनिष्टको पगरी एक्लै गुथ्छु भनेर मख्ख परेका माओवादी नेताहरु बार्दलीसम्म झुक्न पुग्नु पर्यो । एमाले सक्छु र म आफै हाली मुहाली गर्छु भनेर चोइटीएका माधव नेपाल आज सेरेमोनियल नै भए पनि राष्ट्रपति हुन्छु नि त भन्दै उनै ओलीकै शरणमा गीडगीडाई रहेका छन् । मैले माथि नै भनिसके कि उनी दयावान पनि उत्तिकै छन् ।

नेपाली राजनीतिमा बाँदरको जस्तै, घरी एउटा रुख घरी अर्को रुखमा उफ्रीन रमाउने छट्टु नेताहरु पनि छन् । बाघ जस्तै खुंखार दाहाड गर्ने नवआगन्तुकहरु पनि छन् । मृग जस्ता वासनादार डलरे नेताहरु पनि छन् । हात्ती जस्तो बिस्तारो बिस्तारो हिडेर सिंहासनमा उक्लिएका अनि पटक पटक देशको मुखिया भएकाहरु पनि छन् । कार्यसम्पादन क्षमता नभएका तर आरिस र डाहले भरएिका अल्छेहरु पनि छन् । अनि कति खेर कुन गुडँ भत्काउने हो भनि धुर्त मानशिकता लिएर बसेका शर्पहरु जस्ता राजनितिज्ञ पनि छन् । तर मयुर जत्तिकै सुन्दर, माछा जत्तिकै चन्चल, चरा जत्तिकै उच्चकोटीको उडान भर्ने क्षमता भएका र शिंह जस्तै सबैलाई शासन गर्ने क्षमता भएका दुर्लभ युग पुरुष हुन् केपी ओली । जोसँग यो शताव्दी कै दुर्लभ मुटु छ ।

आज केपी ओलीको जन्मदिन । वुवा मोहन प्रसाद ओली र आमा मधुमाया ओलीका सुपत्र आज देखी ७२ वर्ष लागे । यस अवसरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई जन्मदिनको वेहिसाब शुभकामना ।


प्रकाशित : २०७९ फाल्गुन ११, बिहीबार १०:५६ गते

ताजा समाचार