काठमाडौं । लोकदोहोरी संगीतमा चिरपरिचित नाम गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैं मुग्ध बनाउँछ । लोकसंगीतका राजासमेत भनेर चिनिएका गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने लाहुरेः ठाडा भाका गीत ल्याएका छन् ।
गर्बुजा र ताराश्रीष मगरको स्वर रहेको लोकदोहोरी लाहुरे गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक भएको म्युजिक भिडियोमा चर्चित अभिनेता राहुल केसी अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ ।
‘म पनि सानैमा लाहुरे हुन निस्किएको थिएँ । जिन्दगीको लय मिलाउन वा भनौं केही थान सपनाहरू किन्न हानिएको थिएँ भारततिर । त्यसै फर्किएँ । अहिले युवाहरू खाडी मुलुकतिर लाहुरे हुन जानु परेको छ’, लाहुरे ठाडी भाका गीतलाई सम्झिदै भने उनले ।
खड्ग गर्बुजा नाम सुनियो भने लाहुरे हुन हिँडेको त्योबेलाको किशोरभन्दा सयौं गीत गाएर स्वाभिमानले बाँचेको लोकगायक मनमा ढक्क आउँछ । खड्गलाई प्रत्यक्ष देख्यौं भने धेरैको आँखा हृविलचियरमाथिको सम्वेदनामा पर्नेछ । जब उनको स्वर गुन्जिन्छ दर्शक चकित हुन्छन् ।
गायक गर्बुजा भन्छन्, ‘सानैदेखि गाउँका खेतलाहरूसँग गीत गाइन्थ्यो । घाँस–दाउरा गर्दा, पराल बोक्दा, चौतारीमा थकाई मार्दा होस् लाहुरेको सम्झनामा गाइन्थ्यो । उकाली–ओराली गर्दा घरगाउँ र बनपाखामा सुसेल्थे । त्यसैलाई उनी गीतको भाका बनाएर गाइदिन्थे । झ्याउरे, सालैजो ठाडी भाका र यानी माया वा कुनै पनि मन परेको लोकभाका गुनगनाउँथें’ लाहुरे ठाडो भाकालाई विवि अनुरागीले एरेन्ज गरेका हुन् भने शब्द संगीत गर्बुजाकै रहेको छ । गीतको एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ । कलाकार तथा कोरियोग्राफर सुनिल क्षेत्रीको नृत्य हेर्न सकिन्छ भने राजु केसीको भिडियो निर्देशन रहेको छ । केसीएम डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई रक्ष बानिया केसी र आकाश केसीले निर्माण गरेका हुन् ।