चलचित्र लेखक तथा निर्देशक काजि लिम्बु सम्मानित


काठमाडौं । विगत दुई दशकदेखि चलचित्रक्षेत्रमा लेखन तथा निर्देशन गर्दै आएका काजि लिम्बु शिखर सम्मान २०८० बाट समानित भएका छन् ।
शिखर नेपाल र डच मिडियाको संयुक्त आयोजनामा जमलको नाच घरमा आयोजित तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मन समारोह २०८० को अवसरमा लिम्बु सम्मानित भएका हुन्  । उनलाई समारोहका प्रमुख अतिथी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री बेदुराम भुसालले सम्मान प्रदान गरेका थिए।

यस समारोहको सभापतित्व शिखर नेपाल तथा तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० मुल समारोह समितिका अध्यक्ष शेखर खनालले गरेका थिए ।

चित्कार, नौडाँडापारी, ग्रहण, समर्पण, अहङ्कार जस्ता चलचित्रमा मुख्य सहायक निर्देशन, हाउसफुल, फनफनी, घुशपुरण, जस्ता टेली चलचित्रको लेशन निर्देशन, विभिन्न टी.भी. कार्यक्रमको (रियलिटी) को निर्देशन गरेका काजी लिम्बु नेपाली चलचित्र क्षेत्रको सम्भावना बोकेको
युवा लेखक तथा निर्देशक हुन् ।


प्रकाशित : २०८० असार ८, शुक्रबार २२:०७ गते

ताजा समाचार