स्वास्थ्य सामाग्री वितरण गर्दै नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समिति


काठमाडौं । कोरोनाको दोस्रो भेरियन्टको महामारीले आम नागरिक आक्रन्त बनिरहेका बेला नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ । समितिले रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गत भोटेचौरको स्वास्थ्य चौकी, खाँडादेवी आधारभूत स्वास्थ्य चौकी भीमसेनस्थान, खाँडादेवी स्वास्थ्य इकाई सान्ने, प्रस्थावित लाप्का पँधेरो भलाखर्क, भीरपानीको सामुदायिक स्वास्थ्य इकाई, भीरपानीकै स्वास्थ्य चौकी आँपचौरमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठले बताउनुभयो ।

सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरूमा नर्मल बेड सिट, सिटामोल सिरफ, सिटामोल, जिङ्क ट्याब्लेट, भिटामिन सि, माक्स, सेनिटाईजर, अक्सोमिटर, थर्मामिटर, ह्यान्ड वास, फेससील्ड, मल्टी भिटामिन, ह्यान्डीप्लाष्टलगायत औषधिहरू वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामाग्रीहरू सम्पर्क समिति अध्यक्ष राजनारायण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य रामकृष्ण ढुङ्गेल, नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठ, प्रदेश क्षेत्रीय सदस्य बिराज श्रेष्ठ, नेपाल तरुण दल क्षेत्रीय उपाध्यक्ष सुजन ढुङ्गेल , नेबिसंघ काठमाडौं सम्पर्क समिति अध्यक्ष विष्णु श्रेष्ठ, सम्पर्क समितिका पूर्व सभापति शिव श्रेष्ठ र नेता बालकृष्ण थापाको आर्थिक सहयोगमा वितरण गरिएको हो ।\

उक्त स्वास्थ्य सामाग्रीहरु स्थानीय वड़ा सभापति दानकाजी श्रेष्ठ, सूर्य श्रेष्ठ, बालकृष्ण कार्की, जिल्ला आमन्त्रित सदस्य सुजन श्रेष्ठ, रामकुमार कार्की, नेपाल तरुण दल जिल्ला सदस्य जगत कार्की, तरुण दल खाँडादेवी अध्यक्ष संदीप कार्की, तरुण वडा अध्यक्ष राजेश श्रेष्ठ लगायत नेपाली कांग्रेस, तरुण दल, नेविसंघ नेताहरुमार्फत सम्बन्धित स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिएको हो ।

हरेक सुखदुखमा काङ्ग्रेस हजुरहरुको साथमा छ। त्रसित नहऔं सुरक्षित बसौं आफु पनि बचौँ र अरुलाई पनि बचाऔं। भन्ने नारा नै बनाएर यो जोखिपूर्ण घडिमा हामी काम गरिरहेका छौं । रामेछापका अन्य पालिकाहरुमा पनि आवश्यकता अनुसार र हामीले सक्नेसम्मको स्वास्थ्य सामग्री सहयोग गर्न लागिरहेका छौं । यो बेला राजनीतिभन्दा नागरिकको जीवन पहिलो कुरा हो । तर वर्तमान ओली सरकारले नागरिकको जीवनसँग अक्षम्य खेलबाड गरेका छन् । यसको हिसाब किताब कोभिडसँगको युद्ध लडिरहेका नागरिकले उचित समयमा गर्नै नै छ । यो विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिवी, सामाजिक अभियान्ताहरु एक भएर कोभिडबाट पीडिज नागरिकहरुको उद्दारमा लाग्नुपर्छ , अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

 

 


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार ०९:०३ गते

ताजा समाचार