केरुङ–तातोपानी नाका जोड्ने सडकपूर्वाधार सुधार गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडकपूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरू जाने सडकपूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको बताए ।
उनले सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउन सबैभन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडकपूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको उल्लेख गरे ।
अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरूले नाकाहरू सहजरूपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौता भएकाले नेपालको व्यवसायिक गतिविधि बढाउन धेरै भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए ।


प्रकाशित : २०८० माघ २७, शनिबार १४:१५ गते

ताजा समाचार