प्रधानमन्त्रीको जोड: निर्वाचनका लागि सबै दल सरकारमा आउनुस्


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई स्वीकार गर्न आग्रह गरे ।


प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार ११:०९ गते

ताजा समाचार