डिजिटल बैंकिङमा फड्को मार्दै गोर्खा फाइनान्स


काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेड डिजिटल बैंकिङ क्षेत्रमा फड्को मार्दै ग्राहकको विश्वसनीय वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल भएको छ ।
चैत २ गते शुक्रबार २८ औं तथा २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको यस फाइनान्सले आफ्ना ग्राहकहरुको विश्वासलाई वृद्धि गरेर निक्षेप तथा लगानीको दायरालाई बढाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

 एक भव्य समारोहबीच वार्षिक साधारणसभाको उद्घाटन गर्दै गोर्खाज फाइनान्सका अध्यक्ष डेकेन्द्र कुमार राईले निष्कृय कर्जा घटाउने र संस्थाको वित्तीय दायरा अझ फराकिलो बनाउने उद्देश्य अनुरुप गोर्खाज फाइनान्स अघि बढिरहेको बताए। बार्षिक साधारणसभामार्फत्, ग्राहकहरुको विश्वास आर्जनलाई प्रमुख प्राथमिकता दिने लक्ष्यसाथ फाइनान्स अघि बढिरहेको उनको भनाइ थियो ।

संचालक गौरव बुढाथोकी, प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे, सहायक महाप्रबन्धक तथा कम्पनी सचिव मुकुन्द श्रेष्ठ लगायतले
संस्थाले सेवाग्राहीहरुलाई अत्याधुनिक सूचना प्रविधिहरुको उच्चतम प्रयोग गरि सहज र सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका थिए ।

ग्राहक सेवामा थप गुणस्तरीयता वृद्धि गर्दै फाइनान्सले आफ्नो वित्तीय यात्रामा विशेष ध्यान दिनुपर्नेमा पूर्व अध्यक्ष र पूर्व संचालक समितिका सदस्यहरुको जोड थियो।


प्रकाशित : २०८० चैत्र ५, सोमबार २१:०२ गते

ताजा समाचार