अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद आज अन्तिम


अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (AHPC) ले फाल्गुन १७ गतेबाट खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अर्थात चैत्र ०७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जारी गरेको छ। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ। यस कम्पनीको हकप्रदमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ। त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।


प्रकाशित : २०८० चैत्र ७, बुधबार १२:०९ गते

ताजा समाचार