पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गर्दै बिरोध प्रर्दशन गरिने भएको हो ।
काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्।
प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनले ठहर गरेका छन् ।
उनीहरूले प्रधानमन्त्रीका हरेक असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।