काठमाडौंमा मुस्लिम समुदायले मनाए इद (तस्बिरसहित)


काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार धुमधामका साथ मनाइँदैछ।

यसैक्रममा काठमाडाैंस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्।

उनीहरूले नमाजपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ।

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन्।

नमाज पढिसकेपछि घर-घरमा गई बलि दिने र एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको छ।

आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढ्छन्। सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।


प्रकाशित : २०८० चैत्र २९, बिहीबार १४:४९ गते

ताजा समाचार