प्रधानमन्त्रीसँग विपीन जोशीका परिवारको भेट


काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो । भेटमा नेपाली कांग्रेसका सांसद रमेश लेखक पनि सहभागी थिए ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।

सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।

७ जुन २०२३ मा इजरायली भूमिमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली मारिएका थिए । विपिन जोशीको अवस्था अज्ञात छ । इजरायलबाट उद्धार गरिएका नेपालीहरूले दिएको जानकारीअनुसार त्यतिबेला जोशीलाई हमासका लडाकुले आफैँसँग लिएका थिए ।


प्रकाशित : २०८१ बैशाख ७, शुक्रबार १०:५८ गते

ताजा समाचार