कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटवार्ता सकिएकाले अब नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू हुँदै छ । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोजको आयोजना गरेका छन् ।


प्रकाशित : २०८१ बैशाख १२, बुधबार ११:०० गते

ताजा समाचार