किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत


काठमाडाैँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

ताजा अवस्थामा माङ्सेबुङ वडा नम्बर ५ को मतगणना सकिएको छ । यो वडामा प्रसिद्ध किरात धार्मिकस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास पनि छ ।

जहाँ भर्खरै सम्पन्न मतगणनाअनुसार माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई एकलौटी मत झरेको छ ।

माङ्सेबुङ-५ मा थेगिमलाई एकलौटी अर्थात् १०३७ मत खसेको हो ।

यहाँ दोस्रो मत नेकपा एमालेका सुहाङ नेम्बाङलाई खसेको छ । उनको पक्षमा ६८ मत आउँदा नेपाली कांग्रेसका डम्बर खड्कालाई ४७ मत परेको छ ।

माङ्सेबुङ -५ को परिणाम
मुढा-१०३७
सूर्य-६८
रुख- ४७
अन्य-२५


प्रकाशित : २०८१ बैशाख १७, सोमबार १२:०५ गते

ताजा समाचार