सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ।

यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो।

गत आइतबार अदालतले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो। त्यसविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए।

यता सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ। दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ शरु भइसकेको छ।


प्रकाशित : २०८१ बैशाख २३, आईतवार ०९:४८ गते

ताजा समाचार