विश्वकप वार्मअप : नेपाल र क्यानडाको खेल आज


काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् ।

आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।

नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।


प्रकाशित : २०८१ जेष्ठ १४, सोमबार ०९:०० गते

ताजा समाचार