माओवादी सांसदको प्रश्न– अमेरिकी एयरफोर्सका विमान बारम्बार किन आइरहेका छन् ?


काठमाडाैं । अमेरिकी एयर फोर्सका सैनिक जहाज नेपालमा आएर फर्किएको बारे सत्तारुढ दलकै सांसदले सरकारसँग प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी सांसद पूर्णबहादुर घर्तीले वैशाख र असारमा अमेरिकी एयरफोर्सका जहाज नेपाल आएको बताएका हुन् ।

‘शक्तिराष्ट्रको होडबाजीका कारण नेपालको नेपालको सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको चिन्ता विज्ञहरूले गरेका छन् । यसै क्रममा गत वैशाख ६ देखि ९ गतेसम्म अमेरिकी एयर फोर्सका ५ वटा जहाज प्रत्येक साँझ कतारबाट आएर बिहान फर्के । असार २ गते पनि एयरफोर्सको जहाज नेपाल आयो,’ माओवादी सांसद घर्तीले संसद्‌मा भने, ‘ती जहाजमा के सामान आयो, कसका लागि ल्याइयो ? सामान्य हो भने प्राइभेट जहाजमा आउनुपर्ने । सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ? सरकार र संसद्को गम्भीर ध्यानाकर्षण गराउँछु ।’


प्रकाशित : २०८१ असार ११, सोमबार १५:३७ गते

ताजा समाचार