नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार (तस्बिरहरू)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाइ दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले परियारलाई गितार उपहार दिएका थिए ।

परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।

नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्रीको विश्वास थियो ।


प्रकाशित : २०८१ असार १३, बुधबार ११:५७ गते

ताजा समाचार