प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि बालुवाटारमा बसेकाे माओवादी पदाधिकारीहरुको बैठकले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने निर्णय भएको बताए । एमाले–कांग्रेसबीच सत्ता समीकरणमा सहमति भएसँगै प्रचण्ड नेतृतवमा रहेका एमाले मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् ।

एमालेले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिनको समय रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्छ ।


प्रकाशित : २०८१ असार १९, मंगलवार १२:४६ गते

ताजा समाचार