युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा बढीको आवेदन


२५ असार, काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ ।

६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।


प्रकाशित : २०७८ असार २५, शुक्रबार ०१:२२ गते

ताजा समाचार