सुनको मूल्य डेढ लाख नजिक, बन्यो नयाँ रकेर्ड


काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ९१० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रुपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।


प्रकाशित : २०८१ श्रावण १८, शुक्रबार ११:५७ गते

ताजा समाचार