कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो । सामाजिक सञ्जालमा परिक्षाको विषयलाई लिएर परिक्षा रोक्नु पर्ने भन्दै आवाज उठेको छ । कोभिड १९ को बढ्दो लहर संगै स्वास्थ्यको विषयलाई लिएर अभिभावकको पनि उत्तीकै चासो र चिन्ता देखिन्छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । आजको बैठक यसैमा केन्द्रीत रहने देखिन्छ ।
प्रकाशित : २०७८ श्रावण २३, शनिबार ०९:०८ गते