काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
आज बाट सुरु हुने केन्द्रीय समितिको बैठको लागि देशैभर बाट केन्द्रय सदस्यहरु काठमाण्डौ आउने क्रम जारी छ । बैठक पछिल्लो राजनितिक अवस्था र पार्टीको आन्तरीक विषयमा केन्द्रीत रहने देखिन्छ ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
प्रकाशित : २०७८ श्रावण ३०, शनिबार ०४:१० गते
सम्बन्धित खवर