स्वादेशी उत्पादनमात्र विक्री गरिने उर्बर बजार उद्घाटन


काठमाडौं । कागेश्वरी मनहरामा उर्बर बजारको दोस्रो बजार उद्घाटन भएको छ । उर्बर बजारको उद्घाटन गर्न साउन ३० गते क्याप्टेन विजय लामा पुगेका थिए । बजार उद्घाटनमा उर्बर नेपालका अध्यक्ष सुदर्शन विक्रम कार्की, कागेश्वरी मनहरा १० का वडा अध्यक्ष श्री कुन्दन खड्का, किसान व्यवसायिक भैँसी पालन गरिरहनु भएको कर्ण बहादुरसमेतको उपस्थिति थियो ।

स्वदेशी उत्पादन मात्र विक्री वितरण गर्ने र किसानको उत्पादनलाई सिधै र सहजै बजारीकरण गर्ने उद्देश्यरहित यो बजारको सुरुवात उर्बर नेपालले गरेको हो । यस बजारमा १५० जना स्वदेश विदेशमा रहेका नेपालीको समान लगानी रहेको छ । यो एउटा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान हो । यसले युवालाई सामुहिकताको र स्वदेशमै केही गर्ने उच्च प्रेरणा दिएको छ।
राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानका अभियन्ता सदस्यबाट संचालित यो कम्पनीले नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित अगाडि बढेको छ ।


प्रकाशित : २०७८ श्रावण ३२, सोमबार ०१:५१ गते

ताजा समाचार