एभरेष्ट प्रिमियर लीग क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा


काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।

ईपीएलको ब्रोडकास्ट र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आज हिमालय टेलिभिजनसँग सम्झौता गरेको छ । यस सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

यस्तै ओएसआर स्पोर्ट्सले युटुबबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी र नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिईसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।


प्रकाशित : २०७८ भाद्र ५, शनिबार ०२:२६ गते

ताजा समाचार