कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी (माओवादी केन्द्र)को हो :बर्षमान पुन


नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै माओवादी केन्द्रको नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको बताएका छन् । उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए ।

उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।”
अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली काँग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, लगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।


प्रकाशित : २०७८ भाद्र ६, आईतवार ०२:२४ गते

ताजा समाचार