चीनले विद्यालयको पाठ्यक्रममा राष्ट्रपति सी जिन्पिङले प्रतिपादन गरेका राजनीतिक विचार समावेश गर्न लागेको छ। सी जिन्पिङ विचारधाराले किशोरकिशोरीमा मार्क्सवादी अवधारणा स्थापित गर्न सघाउने चिनियाँ शिक्षा मन्त्रालयले आफ्नो नयाँ निर्देशिकामा भनेको छ।
प्राथमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म उक्त विचारधारा पढाइने सरकारको योजना छ। समाजका फरक क्षेत्रहरूमा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका विस्तार गर्ने सीको यो नवीनतम प्रयास हो। एउटा विज्ञप्तिमा चीनको शिक्षा मन्त्रालयले ूबहुमुखी नैतिक, बौद्धिक, भौतिक र कलात्मक धरातलयुक्त समाजवादका सूत्रधार र उत्तराधिकारी विकसित गर्नुू यसको उद्देश्य भएको बताएको छ। निर्देशिकामा राष्ट्रिय सुरक्षासम्बन्धी शिक्षा तथा कडा परिश्रम गर्ने भावना विकसित गर्न श्रमसम्बन्धी शिक्षा पनि समाविष्ट गरिएको छ।
सन् २०१८ मा चीनको सर्वोच्च निकायले सी जिन्पिङ विचारधारालाई पार्टीको विधानमा पनि प्रतिष्ठापित गरिसकेको छ। त्यसयता केही विश्वविद्यालय र विद्यालय तथा राजनीतिक युवा समूहका अतिरिक्त क्रियाकलापमा यो पढाइसकिएको छ। सी जिन्पिङ विचारधारामा १४ वटा प्रमुख सिद्धान्त छन्।
तिनले साम्यवादी आदर्श र यी कुरामा जोड दिन्छन्ः
-
पूर्ण र गहिरो सुधार तथा नयाँ विचार निर्माणू को आह्वान
-
मानव र प्रकृतिबीच सामञ्जस्ययुक्त जीवनूको वाचा
-
जनसेनामाथि पार्टीको पूर्ण नियन्त्रणूमा जोड
-
एक देश दुई प्रणालीू तथा मातृभूमिको पुनरेकीकरणू को महत्त्वमा जोड
नयाँ निर्देशिका अझै बृहत् रूपमा लागु गर्ने सरकारको योजना छ।
प्राथमिक विद्यालयहरू राष्ट्र, चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादप्रति प्रेम विकसित गर्न केन्द्रित हुनेछन्। माध्यमिक विद्यालयहरूमा विद्यार्थीलाई आधारभूत राजनीतिक विचार र तर्क बनाउन सघाउनका लागि बोधात्मक अनुभव र ज्ञानको सम्मिलनमा जोड दिइनेछ,ू सरकारी पत्रिका ग्लोबल टाइम्सले भनेको छ।
‘कलेजमा सैद्धान्तिक विचारको प्रतिष्ठापनमा अझ जोड दिइनेछ।’
शिक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले मन्त्रालयले पाठ्यक्रममा पार्टीको नेतृत्व तथा राष्ट्रिय रक्षा शिक्षाजस्ता विषय पनि समावेश गर्न काम गरिरहेको जनाएको छ। पहिला पनि चिनियाँ नेताहरूले छुट्टै राजनीतिक विचारधाराहरू प्रतिपादन गरेका थिए। तिनलाई पार्टीको विधान वा विचारधारामा पनि संलग्न गरिएको छ।
तर पार्टीका संस्थापक नेता माओबाहेक अरूको विचारधारालाई सिद्धान्तको मान्यता दिइएको छैन। माओवादलाई चीनमा सबै विचारधारामध्ये शीर्ष स्थानमा राखिएको छ। अनि केवल माओ र दङ सिओपिङको राजनीतिक विचारधारामा उनीहरूको नाम जोडिएको छ।
सी विचारधार के हो भन्नेबारे स्टिभ साङले आफ्नो लेखमा यसरी प्रस्तुत गरेका छन्
देङ र सीबीचको नीतिमा पनि ठूलो भिन्नता देखिन्छ । देङका सुधार योजनालाई व्यवहारवाद तथा परीक्षणवादले परिभाषित गरेको थियो, जसको उद्देश्य आधुनिकीकरणको सबैभन्दा प्रभावकारी उपायको पहिचान गर्नु थियो । सन् १९८० को दशकमा देङले चिनियाँ कम्युनिस्ट पार्टीलाई राज्यबाट अलग्गै राख्न सकिने सम्भाव्यताबारे विचारसमेत गरेका थिए । यद्यपि, सन् १९८९ मा प्रजातन्त्र पक्षधर तिआनान्मेन स्क्वायर आन्दोलन भएपछि यस्तो विचारबाट उनी पछि हटेका थिए । जे होस्, देङ र उनी पछिका जिआङ जेमिन तथा हु जिन्ताओले पश्चिमा मुलुकप्रति चीनलाई निरन्तर खुला गर्दै गए भने केही उदारवादी विचारलाई उनीहरूले ठाउँ दिए । तर, सीको मामिलामा यस्तो देखिन्न । सीले प्रतिबद्धता जाहेर गरेको गहिरो सुधार योजनालाई जटिल ढंगबाट परिभाषित गरेका छन् ।
राजनीतिक परीक्षण तथा उदार मूल्य–मान्यताका लागि चीनमा कुनै ठाउँ नभएको ठम्याइ भएका सीले प्रजातान्त्रीकरण, नागरिक समाज र विश्वव्यापी मानवअधिकारलाई अभिशापका रूपमा लिएका छन् । उनको भ्रष्टाचार अभियानमार्फत कम्युनिस्ट पार्टीमाथिको पकड बलियो बनाउनु र कृत्रिम बैद्धिकता जडित अत्याधुनिक प्रविधिमार्फत आमजनमासनलाई नियन्त्रणमा राख्नु नै गहिरो सुधारजस्तो देखिएको छ । यस प्रकारको डिजिटल अधिनायकवादमार्फत प्रजातान्त्रिक चीनमा उदारवाद तथा प्रजातान्त्रिक विचार फैलिनबाट रोक्न वा चीनलाई बाँकी विश्वसँगको सम्पर्कबाट रोक्न सकिन्छ भन्ने विश्वास सीको छ । उपभोक्ता तथा लगनीकर्ताका रूपमा चिनियाँ नागरिकले स्वतन्त्रताको अभ्यास त गर्लान्, तर नागरिक समाज वा नागरिक बहसमा सहभागी हुने स्वतन्त्रता उनीहरूलाई छैन । यसर्थ, आफ्नो विचारधाराको मुख्य उद्देश्य ‘मेक चाइना ग्रेट अगेन’ हासिल गर्न अन्तर्राष्ट्रिय स्तरमा चीनलाई खुला गर्ने र राज्य नियन्त्रणबीचको तनावलाई व्यवस्थित गर्नु सीका लागि अपरिहार्य छ । अर्कोतर्फ, पार्टीकेन्द्रित राष्ट्रवादमार्फत चिनियाँ कम्युनिस्ट पार्टी र सी स्वयंको प्रभुत्वलाई चिनियाँ नागरिकले अँगाल्छन् भन्ने धारणा पनि उनमा देखिन्छ ।
राजनीतिक परीक्षण तथा उदार मूल्य–मान्यताका लागि चीनमा कुनै ठाउँ नभएको ठम्याइ भएका सीले प्रजातान्त्रीकरण, नागरिक समाज र विश्वव्यापी मानवअधिकारलाई अभिशापका रूपमा लिएका छन्
यसैगरी, चीनलाई पुनः विशाल बनाउनुको अर्थ शक्ति र नेतृत्वलाई विश्व मञ्चमा प्रस्तुत गर्नु भन्ने बुझिन्छ । देङको शासनको दशकौँपछि चीनले आफ्नो शक्ति लगाएर मौकामा प्रयोग गर्नुपर्छ भन्ने धारणामा अहिले सीले विश्वास गरेका छन् । एकातर्फ, प्रविधिको क्षेत्रमा आफूलाई अब्बल साबित गरेर विश्वस्तरमा चीनको उपस्थितिलाई बलियो बनाउन सकिने अपेक्षा सीको छ । यसर्थ, प्रविधिको क्षेत्रमा कार्यरत देशका उत्कृष्ट व्यक्तिलाई राज्यले पूर्ण समर्थन र सहायता गरिरहेको छ । आफूले अघि सारेको ‘मेड इन चाइना २०२५’ रणनीतिलाई पूरा गर्न सीले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन् ।