जात व्यवस्था उन्मूलन मोर्चाको वैठक सम्पन्न, ३ महिने कार्ययोजना तयार


१९ भदौ, काठमाडौं । जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको चौथो पूर्ण वैठक आज काठमाडौंमा सम्पन्न भएको छ । मोर्चाका संयोजक राजकुमार हिङमाङको अध्यक्षतामा बसेको वैठकले आगामी ३ महिने कार्ययोजना तयार गरेको छ । जस अन्तर्गत जिल्ला संगठन निर्माण, प्रशिक्षण, जात व्यवस्था बारेको जागरण अभियानलगायत रहेका छन् ।

वैठकले मोर्चाको सह संयोजकमा दीपनारायण दास र शान्ति गजमेरलाई चयन गरेको छ । यसैगरि सचिवमा महावीर विश्वकर्मा र कार्यालय सचिवमा जसिन्द्र सिर्पालीलाई चयन गरेको छ ।

मोर्चाका केन्द्रीय सदस्यहरुमा रवि नेपाली, अनिल रसाइली, अमित ओझा र प्रेम बर्देवालाई चयन गरेको वैठकले वैठकले प्रदेश १ को संयोजक शान्ति गजमेर र कर्णाली प्रदेशको संयोजनको जिम्मा निशल अग्रज परियारलाई दिएको छ ।

वैठकले रुपा सुनारको संयोकत्वमा सञ्चार तथा प्रकाशन विभाग गठन गरेको छ । विभागका अन्य सदस्यहरुमा जसिन्द्र सिर्पाली, भूपाल विश्वकर्मा, शिवहरि ज्ञवाली र गोपाल नेपाली रहेका छन् ।

यसैगरि वैठकले डोलराज विश्वकर्माको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । विभागका अन्य सदस्यहरुमा टेकेन्द्र सुनार र घनश्याम विश्वकर्मा रहेका छन् ।

वैठकलाई वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक आहुतिले जुममार्फत सम्बोधन गरेका थिए ।

 


प्रकाशित : २०७८ भाद्र १९, शनिबार १४:४१ गते

ताजा समाचार