प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले संसद अवरुद्ध पारेको हो । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेका प्रमुख सचेतक
विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् । एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित : २०७८ भाद्र २३, बुधबार १०:५८ गते