वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको काठमाडौं भेला सम्पन्न, समानान्तर आर्थिक प्रणाली निर्माण गर्ने घोषणा


काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको काठमाडौं जिल्ला समितिको दोस्रो भेला सम्पन्न भएको छ । भेला बुधबार काठमाडौंको बौद्धस्थित जनकल्याण माविमा सम्पन्न भएको भेलाले राजकुमार श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । त्यसैगरी जिल्ला सचिवको जिम्मेवारी रुपा सुनारलाई दिइएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आफ्ना कार्यक्रमहरुमा समानताको संस्कृति स्थापित अभ्यास गर्दै आएको छ । त्यसैअनुसार आजको कार्यक्रम पनि फरक ढंगले गरिएको थियो । त्यस कार्यत्रममा कोही अतिथि थिएनन् । मञ्च समेत बनाइएको थिएन । कार्यक्रम परिसरमा केही पुस्तकहरु पनि प्रर्दशन गरिएको थियो । सबै व्यक्ति समान हुन भन्ने सन्देश दिन यस्तो कार्यक्रम गरिएको पार्टीको भनाइ छ ।

भेलामा सहभागिहरुलाई प्रशिक्षित गर्दै समाजवादी चिन्तक तथा पार्टीका स्कुल विभाग प्रमुख रमेश सुनुुवारले पुँजीवादी व्यवस्थाको समानान्तर समाजवादी व्यवस्था निर्माण गर्ने अभियानलाई वृहत बनाउनुपर्नेमा जोड दिएका थिए । विज्ञानप्रविधिको उपयोग गरेर मरनासन्न अवस्थामा पुगेको प्ुँजीवादी व्यवस्थाले आफूलाई पनर्गठन गरेको बताउँदै उनले भने, ‘पुँजीवादीहरुले उपयोग गरेको विज्ञानप्रविधिलाई खोसेर आम सर्वहारा वर्गले उपयोग गरेर सामाजिक स्वामित्वसहितको उत्पादन प्रणाली निर्माण गरेर मात्र वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सकिन्छ ।’

भेलाले काठमाडौंमा रहेका हजारौं वेरोजगार तथा श्रमिकहरुलाई संगठित गर्दै समानान्तर आर्थिक प्रणाली निर्माण गर्ने अभियानलाई तीव्र बनाउने घोषणासमेत गरेको छ । भेलामा पार्टीका नेताहरु राजकुमार हिङमाङ र बुद्धलक्ष्मि महर्जले पनि सम्बोधन गरेका थिए ।

यस्तो छ पार्टीको काठमाडौं जिल्ला समिति
संयोजक– राजकुुमार श्रेष्ठ
सचिव– रुपा सुुनार
–हरिस खड्का
–रामकुुमार परियार
–राज सरगम
–कमला श्रेष्ठ
–धर्मदत्त दुुलाल
–जमुुना परियार
–प्रदिप सुुन्दास
–कुुसुुम परियार

–छत्र श्रेष्ठ
–रमेश हिमाङ
–रोमिस तामाङ
–शर्मिला भित्रकोटी
–अनिल पाण्डे
–रामकृष्ण रोका
–सन्तोष बि।क।
–कर्न विक्रम ओली
–आर.वि. सेन्चुुरी


प्रकाशित : २०७८ आश्विन ६, बुधबार १५:२८ गते

ताजा समाचार