हट एण्ड बोल्ड तस्वीरमा अभिनेत्री नहा


अभिनेत्री नेहा शर्मा फिल्महरूमा कमै देखिन्छन्, तर पनि उनि इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन । नेहा शर्मा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले रोचक शैलीमा फ्यानहरूको मन जित्न सफल हुन्छिन। नेहा फेरि उनको बोल्ड अवतारमा तस्बिर सेएर गरिन । जुन निकै आकर्षक छन । सोशल मिडियामा नेहाका लाखौं फ्यानहरू छन्, जसले उनको फोटोमा मन खोलेर र टिप्पणीहरू दिन्छन मन पराउँछन् । सोशल मिडियामा नेहा शर्मा कहिले काँही आफ्नो पारंपरिक लुकमा स्क्यान्डल गर्दछन्, कहिले ग्लैमरस स्टाइल र कहिले बोल्ड अवतारमा।

नेहा शर्मा को जन्म २१ नोभेम्बर १९८७ मा भारतको बिहार राज्यमा रहेको भागलपुर भन्न‍े स्थानमा भएको हो । ३३ वर्षकी नेहाले नयाँ दिल्लीको नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनको कोर्स गरेकी छिन् ।

शर्माको पहिलो भूमिका सेप्टेम्बर २८, २००७ मा प्रदर्शित भएको तेलुगु चलचित्र चिरुथामा थियो। उनको पहिलो हिन्दी चलचित्र मोहित सूरीद्वारा निर्देशित क्रूक अक्टुबर ८, २०१० मा प्रदर्शित भएको थियो। कुणाल कोहली निर्देशित २०१२ को प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र तेरी मेरी कहानीमा शर्माले क्यामियो भूमिका खेलेकी थिइन्।

उनका बुबा अजीत शर्मा एक व्यापारीबाट राजनीतिज्ञ बनेका भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीको प्रतिनिधित्व गर्ने भागलपुरका विधायक हुन्। शर्माले विभिन्न चुनावमा बुबाको लागि प्रचार गरेकी थिइन्। शर्माका तीन भाइ बहिनीहरू छन्। उनले बाल्यकालमा गम्भीर दममा रहेको कुरा स्वीकारिन् र शारीरिक रूपमा सँधै अस्वस्थ र कमजोर थिइन्।

उनको निजी शौख खाना बनाउनु, सङ्गीत सुन्नु, पढ्नु र नृत्य गर्नु हो। उनले लन्डनमा पाइनएप्पल डान्स स्टुडियोजबाट स्ट्रिट हिप हप, ल्याटिन डान्सिङ साल्सा, मेरेन्गु, जिभ र ज्याज पनि सिकेकी छिन्।

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०६:५५ गते

ताजा समाचार