पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्तालिन अध्यक्ष बरालको चेतावनी


काठमाडाै‌ । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ । सरकारले आजदेखि लागु हुने गरी पेट्रोल र डिजेलमा तीन/तीन रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु ५० का दरले मूल्य वृद्धि गरेसँगै अनेरास्ववियुले मूल्य वृद्धिको विरोध गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्य वृद्धिको विरोध जनाउनुभएको छ । मूल्यवृद्धि तत्काल फिर्ता नलिए अनेरास्वियुले संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : २०७८ कार्तिक १३, शनिबार १९:१२ गते

ताजा समाचार