माओवादी केन्द्रकाे मन्थली नगर अध्यक्षमा निर्मल बोहोरा र सचिवमा राम तामाङ निर्वाचित


रामेछाप । नेकपा (माओवादी केन्द्र) रामेछापन मन्थली नगरपालिकाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ६५ सदस्यीय नगर कमिटी घोषणा गरेको छ र अध्यक्षमा शंकर बोहोरा ‘निर्मल’ र सचिवमा रामबहादुर तामाङलाई सर्वसम्मतिले चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा दिपकराज प्रसाई, भक्तबहादुर बलम्पाकी र नारायाण दास श्रेष्ठ निर्वाचिन भएका छन् । सहसचिवमा निलकण्ड उप्रेति र कोषध्यक्षमा सावित्रा घिमिरे निर्वाचित भएका छन् ।

त्यसैगरी मन्थली नगरपालिका अन्तर्गतका सम्पूर्ण वडासम्मेलन र वडा कमिटी पनि निर्माण भइसकेको नगर सचिव रामबहादुर तामाङले जानकारी दिनुभयो ।

यतिवेला माओवादी केन्द्रले देशभर नगरपालिका र गाउँपालिका भेला सम्मपन्न गरिसकेको छ । देशभर माओवादी केन्द्रले संगठन विस्तारलाई व्यापक बनाएको छ ।


प्रकाशित : २०७८ मंसिर १३, सोमबार ०३:३३ गते

ताजा समाचार