त्यो दुर्घटना, जसले सन्तोशको खुट्टा र दाईलाई चुँडेर लग्यो


काठमाडौं । सन्तोश जोशी २०७५ साल धनगडीबाट बुटवल जाँदैथिए । फाल्गुण १० गतेको दिन थियो । जीवनका थुप्रै सपनाहरु बनेर उनी त्यो यात्रामा सयर थिए । तर जीवन कहाँ कतिखेर के हुन्छ भन्ने कसले जान्ने । कोहलपुरस्थित रोहिनी खोलामा पुग्दै गर्दा अकास्मत उनी चढेको गाडि दुर्घनटामा पर्यो । सन्तोश संयोगले बाँचे तर उनले एउटा खुट्ट गुामाउनुपर्यो । उनका दाजु पनि सँगै थिए । सन्तोश त बाँचे तर उनका दाजुको भने त्यही दुर्घटनामै मृत्यु भयो ।

उनको यो दुखमा थोरै मलम लगाउन देशबिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट सहयोग जुटाउने काम भइरहेको छ । भर्खरै नेपाल टिकटक स्टार ग्रुपको माध्यमबाट ३७ हजार सहयोग जुटाइ विभिन्न पत्रकार बुद्धिजिबि र वडा अध्यक्षको उपस्थितिमा रकम हस्तान्तरण भएको छ । यस सहयोगका लागि हरि पाण्डेले संयोजन गरेका थिए ।

अहिले सन्तोश एउटा खुट्टाको सहारामा जीवनका कठिन समय विताइरहेका छन् । उनको एउटा खुट्टा पनि रड राखेर अलिअलि टेक्न हुने मात्रै छ । उनको घरमा बुढेसकाल लागेका बाआमा छन् । उनी कमाउन सक्ने अवस्थामा पनि छैनन् । घरको आर्थिक अबस्था निकै कमजोर छ । सन्तोश कतै सहयोग पाइए बाँच्न सजिलो हुन्थ्यो कि भन्ने अपेक्षा राख्छन् ।

कैलाली जिल्लाका लम्की चुहा नगरपालिका १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल सहयोगी मनहरुलाई सहयोगका लागि अपिल गर्छन ।


प्रकाशित : २०७९ श्रावण ३, मंगलवार ०६:२६ गते

ताजा समाचार