स्टार नेपालद्वारा मृगौला पीडित फुडोमालाई ९२ हजार सहयोग


“श्रीमान ज्यामी काम गर्थे । तर श्रीमानको पनि लडेर डाँड भाच्चिएपछि ११ वर्षको हुँदैदेखि छोराले ज्यामि काम गर्न पर्यो । छोरा अहिले १६ वर्षको भयो । छोराले ज्यामी काम गरेर ल्याएको पैसाले दैनिक खर्च धान्नुपर्ने बाध्यता छ ।” आँखाबाट आँसुका ढिकाहरु खसाल्दै फुडोमाले आफ्नो असह्य वेथा पोखिन ।

काठमाडौं । स्टार नेपाल हेल्पिङ ग्रुपले मृगौला पीडितलाई सहयोग गरेको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का मृगौला पीडित फुडोमा तामाङलाई ९२ हजार एक सय रुपैँया सहयोग गरेको हो ।

फुडोमा विगत ९ वर्षदेखि मृगौला रोगबाट पीडित विरामी हुन् । उनको विगत ५ वर्षदेखि डाइलेसिस भइरहेको छ । फुडोमाकाअनुसार आमाको किड्नी ट्रान्स्प्लान्ट गर्ने तयारी भइरहेको छ । तर उनको आर्थिक अवस्था निकै कमजोर छ ।

“श्रीमान ज्यामी काम गर्थे । तर श्रीमानको पनि लडेर डाँड भाच्चिएपछि ११ वर्षको हुँदैदेखि छोराले ज्यामि काम गर्न पर्यो । छोरा अहिले १६ वर्षको भयो । छोराले ज्यामी काम गरेर ल्याएको पैसाले दैनिक खर्च धान्नुपर्ने बाध्यता छ ।” आँखाबाट आँसुका ढिकाहरु खसाल्दै फुडोमाले आफ्नो असह्य वेथा पोखिन ।

अब फुडोमालाई किड्नी त आमाले दिने हुनुभयो, तर किड्नी प्रत्यारोपण निकै महंगो छ । बीसौं लाख पैसा जुटाएर कसरी किड्नी प्रत्यारोपण गर्ने भन्ने धारीलो पीरले रेटिरहेको छ । यही पीरकै वेला स्टार नेपाल हेल्पिङ ग्रुपले गरेको सहयोगले झिनो आशा भने पलाएको उनी बताउँछिन् ।

स्टार नेपाल हेप्लिङ ग्रुप कुनै संस्था होइन, यो एउटा टिकटकले जोडेको ग्रुप हो । यो ग्रुपको संयोजन मुख्य अभियान्ता हरि पाण्डेले गर्दै आएका छन् । पाण्डे मलेसियामा काम गर्छन् । यस ग्रुपका अर्का मुख्य अभियान्ता हुन् सरिता भुजेल । करिब एकवर्ष अघिबाट सुरु भएको यो अभियानले थुप्रै मृगौला पीडितहरुलाई समयोग गरिसकेको छ ।

No description available.

सहयोगीहरुः
१.हरि पाण्डे (मुख्य अभियान्ता–मेलिसिया)
२.सरिता भुजेल (मुख्य अभियान्ता–यूएसए)
३.मिना विश्व– यूएसए
४.सीता श्रेष्ठ– काठमाडाडौं
५.सुजता थापा– सिन्धुली
६.अम्बिका शेर्पा– साईप्रस
७. राधिका लखेटिया– विराटनगर
८. क्रिस्टीना गुरुङ– अष्ट्रेलीया
९.सरिता केसी– पोखरा
१०.संगीता केसी पौडेल– नवलपरासी
११.कुमार बानियाँ– काठमाडौं
१२.उमा उपाध्याय– बुटवल
१३.सरस्वती पाण्डे– अर्घाखाची
१४.सन्तोष मगर– सुर्खेत
१५.राधिका आचार्य– अमेरिका
१६.सबनम माझी– यूएसए
१७. ओम प्रकाश सुवेदी– यूएसए
१८. माया– कुबेत
१९. कमल ओली– दाङ
२०. इन्द्र मगर– यूएसए
२१.चाँदनी गिरी– दुवई
२२. विरही प्रेम– दुवई
२३. विन्दु साउद– कैलाली
२४. भरत– कतार
२५.अमानी पाण्डे– यूएसए
२६.अरुण भाट– काठमाडौं
२७.मिना यादव– सिराह
२८.कालिका आर्याल– गुल्मी


प्रकाशित : २०८० जेष्ठ १०, बुधबार १८:१० गते

ताजा समाचार