आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश


काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

सिपबिल्डिङमा फेल भएका करिब ३० हजार मध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने छ ।

आज परीक्षा फर्म भर्न नपाएकाहरुले  बालकुमारीमा प्रदर्शन गरेका  थिए ।


प्रकाशित : २०८० पुष १३, शुक्रबार १६:०९ गते

ताजा समाचार