दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार


काठमाडाैँ । दक्षिण कोरियाका विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ ।

पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको बीबीसीले जनाएको छ । घटना बुसानमा भएको हो ।

विपक्षी नेता ली जे-म्युङको घाँटीको देब्रे भागमा छुरी प्रहार भएको छ । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।

उनी २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए । आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइएअनुसार अस्पताल पुर्‍याउँदासम्म उनी होसमै थिए ।

उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने विश्वास गरिएको छ । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।


प्रकाशित : २०८० पुष १७, मंगलवार ११:१८ गते

ताजा समाचार